Saturday February 08, 2025

शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

२२ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1129


शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने भएका छन्। उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ।

 उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री,उद्योग,व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ।

 नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ तारिखमा त्यसतर्फ आउदै छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?