Monday February 10, 2025

साझा नेपाली समाजले ग-यो शुभकामना आदानप्रदान

२२ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1144


साझा नेपाली समाजले ग-यो शुभकामना आदानप्रदान

GNNNEWS-
 लन्डन - नयाँ वर्ष २०२५ को अवसरमा साझा नेपाली समाजले शुभकामना आदानप्रदान गरेको छ। सोमबार बिहान भर्चुएल माध्यमबाट आयोजित कार्यक्रममा बोल्दै विभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना दिएका थिए। 
समाजका ट्रष्टी तथा एनआरएन अभियन्ता दयानिधि सापकोटाले समाजले स्थापना कालदेखि नै सदस्यहरुको हकहितका साथै नेपालमा आपदविपद पर्दा सक्दो सहयोग गर्दै आएको स्मरण गरे। उनले समाज सेवामा लाग्दा थुप्रै वाधा व्यवधान व्यहोर्नु परे पनि त्यसबाट प्राप्त हुने सन्तुष्टिले सामाजिक काममा लागि रहन उत्प्रेरित गर्ने बताए।

समाजका अध्यक्ष दिपक सापकोटा विशेष कारणले कार्यक्रममा उपस्थित हुननसकेकोले कार्यक्रमको सभापतित्व साझा नेपाली समाजका उपाध्यक्ष शिव खरालले गरेका थिए।

कार्यक्रमको सभापतित्व गरेका खरालले सामाजिक एकता कायम रहोस्, सद्भाव कायम रहोस्, नयाँ साल सुखद रहोस्, दुख कष्ट केही नपरोस भन्ने शुभकामना दिए।

उक्त अवसरमा समाजका ट्रष्टी संयोजक महेश अधिकारी,ट्रष्टिहरु कृष्ण प्रसाद शर्मा, गोमा पौडेल,नारायण फुयाल,पुर्व अध्यक्ष गङ्गा गौतम, शान्ति नेपाली समाजका अध्यक्ष राम प्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष प्रविण खराल, समाजका उपाध्यक्ष, शम्भु अर्याल, कार्यसमिति सदस्यहरु सुदर्शन पराजुली, दिनेश ढकाल, गोविन्द सापकोटा, दिपक पौडेल, पत्रकार भगीरथ योगी लगायतले लगायतले शुभकामना दिए।

यसै गरी हाम्रो नेपाली समाज वेष्ट मिडल्यांड्सका अध्यक्ष भीम शर्मा, ग्रान्थम नेपाली समाजका अध्यक्ष किशोर लामीछाने, श्रृजनशिल नेपाल समाज  लेस्टरका अध्यक्ष पुण्डरी प्रसाद अर्याल,नटिङगहम नेपाली समाजका महासचिव वीरेन्द्र खड्का लगायतले बेलायतमा बसोबास गर्ने नेपालीहरुको हितमा सहकार्य गर्न र संगै अगाडी बढ्न आफुहरु तयार रहेको बताए ।

 हाल बेलायत बाहिर रहेका समाजका  पूर्व अध्यक्ष रणबहादुर खाती क्षेत्रीले शुभकामना संदेश पठाएका थिए। कार्यक्रमको संचालन समाजका महासचिव शशांक शर्माले गरेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?