Monday February 10, 2025

म:म मेरो अनुभुती, मेरो मनको कुरा : म:म अभियन्ता बिनोद बराल

२३ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1174


म:म मेरो अनुभुती, मेरो मनको कुरा : म:म अभियन्ता बिनोद बराल

शीतलपाटीन्युज डटकम।

लण्डन। म:म मेरो जागिर होइन,मेरो जीवनयापन गर्ने साधन पनि होइन। तर यो मेरो मनको कुरा हो,मेरो भावनासँग जोडिएको एउटा यात्रा। मःम को पोको पारिएको यो स्वादिलो खाना मेरा लागि केवल परिकार मात्र होइन, यो सम्झनाको एक टुक्रा हो।

मैले मःम काठमाडौंका गल्लीहरूमा आनन्द  लिएको छु,अनि दुनियाँका ठूला ठूला रेस्टुरेन्टहरूमा यसको आकर्षक रूप देखेको छु। 

यो एउटा यस्तो परिकार हो, जसले मानिसलाई जोड्छ—चाहे त्यो रातको मिठो भोक मेटाउन होस्,पारिवारिक जमघट होस् वा केवल गफगाफको बहाना।

तर मेरो लागि मःम बनाउन पैसा कमाउने माध्यम होइन; यो मेरो आत्मालाई सन्तुष्टि दिने कला हो। जब म मःमको त्यही उतकिर्स्ट मुजा बनाउँछु, जब भाँडाबाट बाफ निस्कन्छ र पूरै भान्सामा सुगन्ध ले भरिन्छ, अनि त्यो पहिलो स्वादले  जिब्रोमा जादु गराउँछ—त्यो कुनै काम जस्तो लाग्दैन।

यो कला हो, संस्कृति हो, भावना हो। मःम मेरो जागिर होइन, तर यो मेरो मनको कुरा हो, जुन कहिल्यै पैसाले किन्न सकिंदैन। यही कारणले यो मेरो सधैंको जूनून हो।

 Padam Bikram Khand सग गफगाफ, Ireland. 

#बिनोदबराल #momo #binodbaral को फेसबुकवालबाट।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?