Monday February 10, 2025

नेपाली कांग्रेस नेता डा कोइरालालाई हिथ्रो एअरपोर्टमा भव्य स्वागत

२६ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1164


नेपाली कांग्रेस नेता डा कोइरालालाई हिथ्रो एअरपोर्टमा भव्य स्वागत

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. शेखर कोइराला बेलायत आइपुगेका छन् । यही जनवरी १३ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन लगायतका कार्यक्रमका लागि कोइराला बिहीबार राति ९ जनवरी २०२५ मा लन्डनस्थित हिथ्रो बिमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुको जम्बो टोलीले स्वागत गरेको थियो। उनी बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आएका हुन्।

नेता कोइरालाले एक साता बेलायतमा रहँदा बेलायती राजनीतिज्ञहरुसंग भेटघाट साथै विभिन्न सहरमा नेपाली समुदाय र कांग्रेस कार्यकर्तासँग पनि अन्तरक्रिया गर्नेछन् ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?