२७ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन,नटीड्गहिल । नेपाली काग्रेसका बरिष्ठ नेता, पुर्व उपकुलपति तथा माननिय सांसद डा शेखर कोईरालालाई एक समारोह बिच नेपाली राजदुतास लण्डनको सभाहलमा आज १० जनवरी २०२५ मा भब्य स्बागत गरियो।
सो स्वागत समारोहमा नेपाली राजदुताबास लण्डनका कार्यबाहक राजदुत एवम डिपुटी चिफ अफ मिसन बिपिन दुवाडी लगायत बेलायतमा सक्रिय दर्जनै संघसंस्थाका अध्यक्ष,प्रतिनिधीहरु,बुध्दिजीबीहरु, ब्यवसायीहरु,पत्रकारहरु र राजदुताबासका कर्मचारीहरुको भब्य उपस्थिती रहेको थियो।
नेपाली राजदुताबासका प्रथम सचिव उद्वव न्यौपानेले संचालन गर्नु भएको स्वागत कार्यक्रम कार्यबाहक राजदुत एवम डिपुटी चिफ अफ मिसन बिपीन दुवाडीले डा कोइरालालाई स्बागत गर्नु भएको थियो। सो स्वागत समारोहमा उपस्थित सम्पुर्ण संघसंस्थाका अध्यक्षहरु, प्रमुखहरु,बुध्दिजीवी, पत्रकारहरुलाई उपस्थित भै कार्यक्रमलाई शोभा बढाई दिएकोमा धन्यबाद समेत दिनु भएको थियो।
स्वागत कार्यक्रममा प्रमुख अतिथी डा कोईरालाले भुतपुर्व ब्रिटीस गोर्खाहरुको समान काम,समान पेन्सन,ब्रिटेनबाट नेपाल हवाई उडान,बेलायत सरकारले नेपाललाई गर्ने सहयोगका बारेमा संसद हुने कार्यक्रममा स्पष्ट रुपमा राख्ने र बिदेशमा बस्ने नेपालीहरुको नेपाली नागरीकता बारेमा आफु छलफल गर्न तयार रहेको बताउनु भयो। नेपालको बिकासका लागि बिदेश बस्ने नेपाली र नेपाल बिच सुमधुर सम्बन्ध रहन पर्नेमा डा कोईरालाले जोड दिनु भएको थियो।
संबोधनका क्रममा कार्यबाहक राजदुत एवम डिपुटी चिफ अफ मिसन दुबाडीले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुसंग सहकार्य नेपाली दुताबास तयार रहेको र संघसंस्थाको अभिलेख अपडेट गर्ने काम भैरहेको बताउनु भयो। नेपालीहरुका लागि राजदुताबाट दिने सेवा सुबिधा सजिलो बनाउने उपाएहरुको तरिका भएमा राजदुबासलाई अनुरोध गर्नु भएको थियो। साथै बेलायत सरकारले शुरु गरेको ईभिसालाई समय मै जानकारी लिएर अपडेट गर्न पनि उहाले बताउनु भएको थियो।
डा कोईराला १३ जनवरी २०२५ का दिन बेलायतको हाउस अफ कमन्सका सांसद ग्यारेथ थोमस र क्याथिरीन वेष्टसंग भेटबार्ता हुनेछ। सासंदहरुले सो समारोहमा केही नेपाली अभियन्ताहरुलाई पनि निमन्त्रणा गरेको कुरा नेपाली काड्गेसका केन्द्रिय आर्थिक निती तथा योजना विभागका सदस्य बेलायत प्रतिनिधी राजकुमार त्रिपाठीले बताउनु भएको छ।
यो कार्यक्रमको संयोजन पनि इन्जीनियर आर के त्रिपाठीले गर्दै आउनु भएको छ।