Thursday March 20, 2025

संयुक्त अधिराज्य बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई लण्डनमा स्वागत

५ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1285


संयुक्त अधिराज्य बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई लण्डनमा स्वागत

शीतलपाटीन्युज डटकम।
लन्डन। संयुक्त अधिराज्य बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरे हालै बेलायत आइपुगेका छन्। राजदूत घिमिरे शुक्रबार बिहान यहाँ आइपुगेका हुन्। 
हिथ्रो विमानस्थलमा राजदूत घिमिरेलाई बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि तथा उपनियोग प्रमुख विपिन दुवाडी लगायत दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए। 
 
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरेको करिब तीन सातापछि उनी बेलायत आएका हुन्। 

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो राष्ट्र बेलायतका लागि राजदूतका रुपमा आएका घिमिरे लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने नेपाल सरकारका पूर्वसचिव हुन्। पुर्व ब्रिटीश गोर्खाका समान पेन्सन, बेलायतमा बसोबास गर्ने नेपालीहरुको नेपाली नागरीकता निरन्तरताका बारेमा बेलायतका लागि नेपाली राजदुतबाट नेपालीहरुले आसा राखेका छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?