Thursday March 20, 2025

बुद्ध फाउन्डेसन युकेको अध्यक्षमा दीपक श्रेष्ठ पुन: निर्विरोध

७ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1225


बुद्ध फाउन्डेसन युकेको अध्यक्षमा दीपक श्रेष्ठ पुन: निर्विरोध

शीतलपाटीन्युज डटकम।
लन्डन- बुद्ध फाउन्डेसन यूकेको आइतबार लन्डन प्लमस्टिडमा सम्पन्न तेश्रो अधिवेशनले आगामी कार्यकाल पनि संस्थापक अध्यक्ष दीपक श्रेष्ठकै नेतृत्वमा नया कार्यसमिति चयन भयको समाचार छ। दीपक श्रेष्ठको अध्यक्षतामा केही पुराना र नयाँ अनुहारसमेत समेट्दै अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

फाउन्डेसनको तीन वर्षे कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा दीपक श्रेष्ठ,उपाध्यक्ष सुशील प्रजापति र अर्जुन कटुवाल, महासचिव डा सुरजमणि पौडेल, सचिव अञ्जना थापा,कोषाध्यक्ष निरञ्जन खड्का र सहकोषाध्यक्ष गोविन्द सापकोटा चयन भयका छन्।

त्यस्तै,कार्यसमिति सदस्यहरुमा सचिन श्रेष्ठ,ह्यारी गुरुङ,ध्रुवहरि बाँस्कोटा,सोम सापकोटा,पदम रावल र शरद श्रेष्ठलाई चयन हुनु भएको छ। कोअप सदस्यका रुपमा सुरेन रुपाखेती,राम थापा, जयगोपाल श्रेष्ठ,सम्झना महत र विनिता खड्का समेत चुनिनु भएको छ।

निर्वाचन समितिका प्रमुख आयुक्त एवम पुर्व डिएसपी शिवजी श्रेष्ठले नवनिर्वाचित कार्यसमितिको नामावली घोषणा गर्दै शपथग्रहण गराएका थिए। समितिका सदस्यसचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको सत्रमा समितिका सदस्यहरु विनोद ज्ञवाली र श्रीचन्द्र गुरुङले टीका,खादा र प्रमाणपत्र सहित नयाँ कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिएका थिए।

कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि लन्डनस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले शुभकामना दिनु भयको सो कार्यक्रममा उपाध्यक्ष प्रसुना कडेलले उदघोषण गर्नु भयको थियो। अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा उपाध्यक्ष सचिन श्रेष्ठले सन् २०१७ मा स्थापना भएयता बुद्ध फाउन्डेसन यूकेले गर्दै आएका मुख्य गतिविधिहरु समेटेर प्रगति प्रतिवेशन पेश गर्नु भयको थियो भने उपाध्यक्ष अर्जुन कटुवालले आर्थिक प्रतिवेदन,संस्थाको गतिविधि तथा अधिवेशनमा प्रस्तुत प्रतिवेदन पनि अधिवेशनले पारित गरेको थियो।


डिपुटी चिफ अफ मिसन बिपीन दुवाडीले अधिवेशनमा उद्घाटन गर्दै फाउन्डेसनले नेपाल र नेपालीपनलाई अन्तरराष्ट्रिय स्तरमा ब्रान्डिङ अनुभव भयको भन्दै खुशी व्यक्त गरेका थिय। बुद्ध विशेषमा मात्र सिमित नराखेर समग्र जीवन दर्शनका रुपमा ग्रहण र प्रवर्द्धन गर्नु आवश्यक रहेको दुबाडीले बताएका थिय। फाउन्डेसनका अभियानहरुमा यसअघि लन्डन दूतावासबाट हुंदै आएको सहयोग र सहकार्य निरन्तर रहने आश्वासन समेत उपनियोग प्रमुख दुवाडीले दिएका थिय।

कार्यक्रममा बेलायतका लागि महामहिम राजदूत चन्द्र कुमार घिमिरेले अधिवेशन सफलताको लागि पठायको भिडियो शुभकामना सन्देश पनि सुनाईएको थियो।

महामहिम राजदुत घिमीरेले फाउन्डेसनमार्फत् गौतम बुद्ध र उनको शान्ति सन्देश मात्र नभइ बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटकीय सम्भावनालाई पनि बेलायतमा प्रचारप्रसार गर्ने काम भइरहेको भन्दै प्रशंसा गरेका थिय। सन्देशमा राजदूत घिमिरेले दूतावासबाट आवश्यक सहकार्य र हौसलाको प्रतिवद्धता पनि व्यक्त गरेका थिय।

फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले संस्था स्थापनाको सन्दर्भ सुनाउँदै हालसम्म भएका काम र हासिल भएका उपलब्धिहरुमा गौरव लागेको बताउदै फाउन्डेसन उमेर र आकारका हिसाबले सानो भएपनि राष्ट्रिय महत्वका कयौं अभियानको अगुवाइ गर्ने अवसर मिलेको तथा सम्बन्धित सबै क्षेत्रबाट ऐक्यबद्धता र सहकार्य प्राप्त भयको भन्दै खुशी व्यक्त गरेका थिय।

सो अवसरमा स्थानीय रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाट,एनआरएनए आइसीसीका उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा,निर्वाचन समितिका संयोजक शिवजी श्रेष्ठ तथा सदस्यसचिव फडिन्द्र भट्टराई, तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ,पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति,सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स यूकेका अध्यक्ष गजेन्द्र कटुवालसहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए।

सो अवसरमा फाउन्डेसनको बुद्धजयन्ती कार्यक्रममा प्रस्तुति गर्ने कलाकार विनोद चिपालु,अमृता पान्डे,सुभाशिष श्रेष्ठ लगायतलाई खादा र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

अधिवेशनमा लन्डनदेखि मिडल्यान्ड क्षेत्रबाट फाउन्डेसन सदस्य एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?