८ माघ, २०८१
शीतलपाटीन्युज डटकम।
अमेरीका। राष्ट्रपति डोनाल्ड ट्रम्पले ४२ कार्यकारी आदेश, ज्ञापनपत्र, घोषणाहरू सहित किर्तिमान कायम गरेका छन् ।
ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको पदभार ग्रहणको पहिलो दिनलाई “ऐतिहासिक”भन्दै उनले ४२ कार्यकारी आदेश,ज्ञापनपत्र र घोषणा कार्यहरू लागू गरेको बताएको छ।
राष्ट्रपतिले “११५ कर्मचारी कार्यकारी आदेशहरू” र “२०० भन्दा बढी कार्यकारी कार्यहरू” मा हस्ताक्षर गरे। पहिलो दिन मै ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिका फिर्ता लिने आदेशमा हस्ताक्षर गरे ।
यो सम्झौता मूल रूपमा २०१५ मा वार्षिक संयुक्त राष्ट्र जलवायु सम्मेलनमा अनुमोदन गरिएको थियो। यसको मुख्य उद्देश्य पूर्व-औद्योगिक स्तरको तुलनामा विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित गर्नु थियो ।
आफ्नो पहिलो कार्यकालको समयमा ट्रम्प सम्झौताबाट पछि हटे र पछि पूर्व राष्ट्रपति बाइडेनले आफ्नो पदभार ग्रहणको पहिलो दिनमा नै पुन: प्रवेश गराएका थिए।
(इनेप्लिजबाट साभार।)