Thursday March 20, 2025

गढीमाई बाहिनी मुख्यालय मकवानपुर डिआजी गणेश ठाडामगर नेतृत्वमा रहेका सशस्त्र प्रहरी पुरष्कृत

८ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1138


गढीमाई बाहिनी मुख्यालय मकवानपुर  डिआजी गणेश ठाडामगर नेतृत्वमा रहेका सशस्त्र प्रहरी पुरष्कृत

सुरेश कोइराला,

नेपाल। ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर यस वर्षको उत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएका छन्। डिआजी गणेश ठाडामगर नेतृत्वमा रहेका सशस्त्र प्रहरी दिवशको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर उत्कृष्ट बाहिनी बन्न सफल भएकोमा सम्मान गरिने भएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गढीमाई बाहिनी मुख्यालय उत्कृष्ट भएकोमा सर्बोत्कृष्ट बाहिनीपति एवं डिआईजी ठाडामगरलाई भोली अर्थात माघ ९ गते बुधवारका दिन आयोजना हुने २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सम्मान प्रदान गर्ने जनाइएको छ।

यसैगरी तामिल शिक्षालयमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नम्बर २१ गण हेडक्वाटर दक्षिणकाली, ललितपुर, गुल्ममा उत्कृष्ट नम्बर ३० गुल्म हेडक्वाटर स्याङ्जा र नेपाल मद्धती तथा सेवा गुल्म मकवानपुर सर्वाेत्कृष्ट बन्न सफल भएको सशस्त्र प्रहरी हेडक्वाटर श्रोतबाट बुझिएको छ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा इकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० बमोजिम सशस्त्र प्रहरी बल प्रधान नेपाल प्रधान कार्यालयबाट भएको निरीक्षणका क्रममा ति कार्यालयहरु सर्वाेत्कृष्ट ठहरिएको बताइएको छ।

आठ वटा बाहिनी मध्येबाट सर्वाेत्कृष्ट बन्न सफल बाहिनीमा गढीमाई बाहिनी मुख्यालय मकवानपुर भएको छ । यसअघि पनि डिआइजी गणेश ठाडामगर मधेश प्रदेशका छिन्नमस्त बाहिनी प्रदेश २ मुख्यालयका बाहिनीपति हुँदा मधेश प्रदेश सर्बोत्कृष्ट बाहिनी भएका थिए । सर्बोत्कृष्ट भएका बाहिनीपति एवं डिआजीको केही दिनअघि मात्रै एक वर्ष म्याद थप गरिएको थियो ।
यसैगरी, सर्वाेत्कृष्ट तालिम शिक्षालय बन्न सफल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको प्रमुखमा एसएसपी माधवप्रसाद पौडेल रहेका छन् ।

यस्तै सर्वाेत्कृष्ट बन्न सफल नम्बर २१ गणको गणपतिमा एसपी सुरेन्द्रराज रञ्जित, गुल्मपतिहरुमा नम्बर ३० गुल्म हेडक्वाटर स्याङ्जाका डीएसपी लीला भुजेल र नेपाल मद्धती तथा सेवा गुल्म मकवानपुरका डीएसपी उत्तम बज्राचार्य रहेको सशस्त्र प्रहरी श्रोतले बताए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?