९ माघ, २०८१
GNNNEWS-
लन्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को वार्षिक साधारण सभाले संस्थाको अध्यक्षमा डा. कपिल रिजाललाई पुनः निर्वाचित गरेको छ। डा. रिजाल एक सफल उद्यमी, चलचित्र निर्देशक तथा निर्माता हुन् ।
साधारणसभाले उपाध्यक्षमा बिराज भट्ट र इन्द्र गिरी एवं सचिवमा राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ। त्यसैगरी बीएनसीसीको कार्यकारिणी सदस्यमा नादिया विलियम्स,सन्तोष मण्डल,कमल पौडेल,अञ्जनी फुयाँल,बीपी खनाल,वसन्त नेपाल,अनिल न्यौपाने,प्रभु न्यौपाने,दीपक श्रेष्ठ,मिचेल क्याम्पबेल,कृष्ण भट्ट, मसुद आङ्गिज,विकास नेपाल र प्रकाश ढुंगाना निर्वाचित भएका छन् । संस्थामा एडम गिलक्रिस्ट र राजेन कँडेल क्रमशः मानार्थ अध्यक्ष र उपाध्यक्ष रहनेछन्।
बीएनसीसीको मानार्थ सीइओको रूपमा सेवा गरेका रिचर्ड पेलीले १० वर्षपछि राजीनामा दिएपछि स्टिभ बक्ली नयाँ मानार्थ सीइओका रुपमा निर्वाचित भएका छन्।
साधारणसभामा अध्यक्ष डा रिजाल र उपाध्यक्ष भट्टले संस्थाका विगतका गतिविधि र उपलब्धिबारे संक्षिप्त प्रस्तुति दिंदै आगामी दिनमा हुने गतिविधिबारे पनि जानकारी दिए।
डा.रिजालले निवर्तमान प्रमुख कार्यकारी अधिकृत रिचार्ड पेलीलाई संस्थामा गरेको उत्कृष्ट सेवाका लागि मायाको चिनो प्रदान गरेका थिए। साधारणसभामा पूर्व कोषाध्यक्ष इन्द्र गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बेलायतस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए । दुवाडीले बीएनसीसीको निरन्तर प्रयासको प्रशंसा गर्दै नेपाल विकास सम्मेलन,सेमिनारलगायत कार्यक्रममा सहकार्यात्मक दृष्टिकोणबाट संस्थालाई दूतावासले निरन्तर सहयोग गर्ने आश्वासन दिए।
बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरे बीएनसीसीका संरक्षक हुन्।