Thursday March 20, 2025

ल्वाङ होमस्टे को निमन्त्रणमा तमु धी युके र सहारा युके १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने

१२ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1179


ल्वाङ होमस्टे को निमन्त्रणमा तमु धी युके र सहारा युके १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने

शीतलपाटीन्युज डटकम।
लण्डन। ल्वाङ होमस्टेको निमन्त्रणमा तमु धी युके र सहारा युके १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने निश्चित भइसकेको छ। ल्वाङमा पुगेर ल्वाङ गाउ बाट नजिकै देखिने माछापुछ्रे,अन्नपुर्ण  हिमाल नियाल्दै अन्नपुर्ण चिया बारी,बुद्ध पार्क, क्षेताक्यु बराह मन्दिर,गुफा,श्री बाराही आधारभूत निम्न माध्यमिक बिद्ध्यालय आदिको भ्रमण गर्ने छन्। १४ फेब्रुअरी बिहान ९ बजे सहारा युके द्वारा सहयोग  LWANG VILLAGE बोर्ड को उद्दघाटन गर्ने छ। यस भ्रमणको नेतृत्व  तमुधि युकेको मिडिया सेक्रेटरी एस. के. गुरुङले गर्ने छ। 


तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा यही ३१ जनवरीमा नेपाल प्रस्थान गर्न लागेको हो। टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्नेछ। 
 
प्रारम्भिक जानकारी अनुसार ३१ जनवरीमा नेपाल प्रस्थान गर्ने,१ फेब्रुअरीमा काठमाडौंमा डा जगमान गुरुङसँग भेटघाट गर्नेछ । २ फेब्रुअरी बिहान पोखरा प्रस्थान गर्ने,३ मा बौद्ध अर्घौं सदन र बगर भाइ खलक फुटबल फाइनलमा सहभागी हुनेछ । 
 
फेब्रअरी ४ मा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी र ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट हुने छ। ५ फेब्रुअरीमा सिक्लेस जाने, ६ मा चित्रे,८ मा राम्जा आर्थर,९ मा खाल्टे र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गरेर पुन:पोखरा फर्किनेछ । 
 
यस्तै ११ फेब्रुअरीमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी हुने,१२ फेब्रुअरीमा नौलो घुम्ती,सहारा एकेडेमी,तमु धीं यूकेलाई सम्मानका लागि आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागी हुने छ। सोही दिन तमु धीं आमा समूह भने स्याङ्जातर्फ जाने छ। 
 
यस्तै र १५ फेब्रुअरीमा पोखरा फिर्ता भएर तमु धीं नेपालसँग भेटघाट गर्नेछ। १५ फेब्रुअरीमा पोखरा म्याराथन, च्यार भन्ज्याङ तमु समाज च्यारिटी डिनर र आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागिता जनाउने कार्यक्रम छ। यस्तै १६ फेब्रुअरीमा गल्याङ जाने,१७ मा लमजुङ भ्रमण गर्ने र १९ मा काठमाडौं पुग्ने र एकरात बसाइपछि २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका रहेको तमु धीं यूकेको मिडिया सेक्रेटरी एस.के. गुरुङ ले  जनाउनु भएको छ। 
 
अध्यक्ष जुमकाजी गुरुङले यो भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि हुने बताए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?