Thursday March 20, 2025

पासा पुचः गुथि साउथ इष्ट लन्डनमा नयाँ नेतृत्वका आवस्यक तयारी शुरु

१३ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1175


पासा पुचः गुथि साउथ इष्ट लन्डनमा नयाँ नेतृत्वका आवस्यक तयारी शुरु

शीतलपाटीन्युज डटकम।
लन्डन- पासा पुचः गुथि यूकेको साउथ इष्ट लन्डन शाखा नयाँ नेतृत्व चयनको तयारीमा जुट्दै आउँदो फेब्रुअरी १६ तारिख प्लमस्टिड गोर्खा क्याप्रिकनमा अधिवेशनम तय भयको  शाखाले जनाएको छ। नयाँ कार्यसमितिको दुई वर्षे कार्यकालका लागि निर्वाचित हुने कार्यसमिति २१ सदस्यीय रहनेछ।शाखामा एक अध्यक्ष,तीन उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष, सांस्कृतिक सचिव, स्वास्थ्य संयोजक, आइटी संयोजक, मिडिया संयोजक, सचिव, सहकोषाध्यक्ष, सहसचिव, र कार्यक्रम सहसंयोजकसहित ७ जना कार्यसमिति सदस्य चुनिनेछन् ।


नयाँ कार्यसमिति निर्वाचनका लागि निर्वाचन समितिले तालिका समेत प्रकाशित गरेर प्रक्रिया सुरु गरेको छ । समितिका सदस्यसचिव सचिन श्रेष्ठका अनुसार निर्वाचनमा उम्मेदवार बन्न वा मत दिन आउँदो फेब्रुअरी ५ तारिखसम्म सदस्यता लिइसक्नुपर्नेछ ।

शाखाको आजीवन सदस्यतालाई १ सय पाउण्ड, २ वर्षको लागि सिंगो परिवारकै सदस्यता लिन ४० पाउण्ड र २ वर्षलाई एकजनाको सदस्यता लिन २० पाउन्ड शुल्क लाग्नेछ । तर विद्यार्थीहरुलाई २ वर्षे सदस्यता शुल्क मात्र १० पाउण्ड राखिएको छ ।

नयाँ कार्यसमितिका लागि उम्मेदवारी दिन फेब्रुअरी ६ देखि १० तारिखसम्मको समयसीमा छ। फेब्रुअरी ११ देखि १२ तारिखसम्म उम्मेदवारीमा दावीविरोध तथा फेब्रुअरी १ देखि १४ सम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन फेब्रुअरी १५ मा गरिनेछ ।

नयाँ कार्यसमितिको अध्यक्ष,उपाध्यक्ष तथा महासचिव पदमा उम्मेदवारी दिन यसअघि कम्तीमा एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको अनुभव हुनुपर्ने बताइएको छ। अध्यक्षका लागि उपाध्यक्ष,महासचिव, कोषाध्यक्ष,सांस्कृतिक सचिवजस्ता जिम्मेवारी सम्हाल्नेहरुलाई ग्राह्यता दिइनेछ।

संस्थाका पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निर्वाचन समितिाम सचिन श्रेष्ठ सदस्यसचिव र दीपक श्रेष्ठ सदस्य छन्।

शाखाका वर्तमान अध्यक्ष माधवलाल श्रेष्ठले निर्वाचन समितिले प्रकाशन गरेको कार्यतालिकाअनुसार सदस्यता तथा निर्वाचनका कार्यक्रममा सहभागी हुन सबै सदस्यहरुलाई आव्हान गरेका छन्। सदस्यता फारम र उम्मेदवारी फारम प्रिन्ट गर्ने लिंक तल छ ।

निर्वाचन समितिको सुचना-

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?