Thursday March 20, 2025

आहा रारा गोल्डकप खेल्न ब्रिगेड ब्वाइज क्लव यूकेको टोली नेपाल प्रस्थान

१४ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1584


आहा रारा गोल्डकप खेल्न ब्रिगेड ब्वाइज क्लव यूकेको टोली नेपाल प्रस्थान

शीतलपाटीन्युज डटकम।
लन्डन । पोखरामा आयोजना हुने आहा गोल्डकप-२०२५ खेल्ने ब्रिगेड ब्वाइज क्लब यूकेको टोली नेपाल प्रस्थान गरेको छ। प्रबन्धक,सहायक प्रशिक्षक र क्लबका २१ जना खेलाडी सहितको टोली आइतबार नेपाल प्रस्थान गरेको हो। 

क्लबको प्रबन्धकमा सुरेश राना र सहायक प्रशिक्षकमा रोसन राई रहेका छन्। यसैगरी, खेलाडीहरूमा निशल राई,रोमिन गुरुङ,अमर राना, विनोद राना,विशाल तामाङ, प्रहर्श केसी,शक्तिम लिम्बू, अनुज थापा,विधान राई,रोशन राई,र्‍यान कुँवर,अश्रे तामाङ, प्रमित लिम्बू र मिलन राना रहेका छन् । 
सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ पनि आइतबार नै गोल्डकपका लागि नेपाल प्रस्थान गरेका छन्। उनले नेपालमा विभिन्न क्लबसँग समन्वय गरेर ब्रिगेड ब्वाइज् क्लबका लागि फ्रेन्डली म्याच खेल्ने प्रबन् धसमेत मिलाउनेछन्। 
सहारा क्लबले पोखराको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म आहा रारा गोल्डकपको २४औं‌ संस्करण पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगितामा दुई विदेशीसहित ११ टोलीको सहभागिता निश्चित भएको छ। पोखरा उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजकमा रारा तयारी चाउचाउ रहेको छ।आहा रारा गोल्डकप प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

यहि माघ २२ गतेबाट फागुन ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन प्रतियोगितामा आयोजक सहारा क्लब पोखरासहित नेपाली ‘ए’ डिभिजनका क्लब विभागिय टोली एपिएफ क्लब,रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,थ्रि स्टार क्लब,मछिन्द्र क्लब,संकटा यूथ क्लब,चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लबको सहभागिता हुने भएको छ ।

त्यसै गरी प्रतियोगितामा दुई विदेशी क्लबले सहभागिता जनाउने छन्। ब्रिगेड ब्वाइज क्लब यूके र थन्डर नर्थ युनाइटेड क्लब सिक्किम, भारतको टिमले २४ औं आहा रारा पोखरा गेल्डकपमा पहिलो सहभागिता हुने क्लबका महासचिब रामजी प्रसाद अधिकारीले बताएका छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?