Thursday March 20, 2025

साहारा युके अध्यक्ष कृष्ण गुरुड्ग आहा रारा गोल्डकप सम्पन्न गर्न नेपाल प्रस्थान

१४ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1283


साहारा युके अध्यक्ष कृष्ण गुरुड्ग आहा रारा गोल्डकप सम्पन्न गर्न नेपाल प्रस्थान

शीतलपाटीन्युज डटकम।
पोखरा। सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ आइतबार नै आहा रारा गोल्डकप सम्पन्न गर्नका लागि परिवार समेत नेपाल प्रस्थान गरेका छन्। उनले नेपालमा विभिन्न क्लबसँग समन्वय गरेर ब्रिगेड ब्वाइज् क्लबका लागि फ्रेन्डली म्याच खेल्ने प्रबन्धसमेत मिलाउने भएका छन् । 

सहारा क्लबले पोखराको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म आहा रारा गोल्डकपको २४औं‌ संस्करण पोखरा रंगशालामा हुनेछ।

प्रतियोगितामा दुई विदेशीसहित ११ टोलीको सहभागिता निश्चित भएको छ। पोखरा उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजकमा रारा तयारी चाउचाउ रहेको छ।

साथै २४ औं आहा रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कारबापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो। सहारा युकेका महासचिव क्या.पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सो अवसरमा सहारा क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो। 
 

प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले सहारा यूकेका पूर्वअध्यक्ष मीन गुरुङले सहाराको अभियानमा विगतका वर्षमा झैं साथ दिँदै रकम संकलनमा सहयोग गरेकोमा आभार व्यक्त गरे। २४ औं आहा रारा पोखरा गोल्ड कप सहयोग अभियानमा सहभागी हुँदै सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङबाट २५ हजार, लोक गुरुङबाट २५ हजार, क्लबका शुभचिन्तक नरजंग गुरुङबाट १५ हजार ५ सय ५५ र राम गुरुङबाट १५ सय १ सय रुपैयाँ सहयोग प्रदान भएको छ।


क्लबले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको फुटबल प्रतियोगिता गर्दैछ । १२ टिमले भाग लिने प्रतियोगिताको क्लबले तयारी तीव्र पारिएको अध्यक्ष केशवराज बरालले बताए।
 प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो।

क्लबले पोखरा १७,दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ। बर्सेनि प्रतियोगिता आयोजना गरेर बचत रकम क्लबले एकेडेमीमा लगाउने गरेको महासचिव रामजीप्रसाद अधिकारीले बताए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?