Thursday March 20, 2025

आर के त्रिपाठीको बेलायती शिक्षा मन्त्री The Rt Honourable Bridget Phillipson संग भेट

१८ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1207


आर के त्रिपाठीको बेलायती शिक्षा मन्त्री The Rt Honourable Bridget Phillipson  संग भेट

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतका वर्तमान शिक्षा मन्त्री (Secretary of State for Education),Labour Party का होनाहार नेता,एवं Labour Party UK का माननीय सांसद,The Rt Honourable Bridget Phillipson संगै बसेर डिनर खाने मौका मिल्यो।

मेरो मित्र बेलायतका उद्योग व्यापार तथा बाणीज्य मन्त्री Gareth Thomas ले मलाई Dinner खान निमन्त्रणा गरि यो सौभाग्य प्राप्त गराई दिनु भएकोमा हार्दिक धन्यवाद।यस Dinner कार्यक्रममा Labour Party UK का माननीय सांसद Matt Turmaine लगायत होनाहार व्यक्तित्वहरु लाई पनि बोलाईएको थियो थियो।यस समारोहमा करिब १० मिनेट नेपालको तल उल्लेखित बारेमा संवोधन गरे।

विदेशीको फोरममा यसरि प्रष्ट रुपमा नेपाल बारे सम्बोधन गर्न पाउनु मेरो लागी सौभाग्य नै रह्यो।कति बेलायतीलाई त नेपाल कता छ भन्ने जानाकारी नै रहेनछ।केबल गोर्खाको नजरले मात्र चिन्ने रहेछन्।मैले संवोधनमा हामी शान, मान सहितको सार्वभौम नेपाली हौं भने। गोरखा सैनिक नेपाल भित्रको एउटा पाटो हो भने। हामी सबै नेपालीलाई गोर्खाजले हेर्नु,  चिनाउनु भन्दा नेपाली भनेर चिनाउँदा म गर्भ गर्दछु त्यस पछि नेपाली गोर्खाज भनेकोमा खुशी हुन्छु।म गोर्खाज होइन,म नेपाली इन्जिनियर हुँ भने।मैले यो कुरा पनि संवोधनको क्रममा पनि भने।

मेरो संवोधन पछि बेलायतको  वर्तमान शिक्षा मन्त्री (Secretary of State for Education),Labour Party का होनाहार नेता,एवं Labour Party UK का माननीय सांसद,The Rt Honourable Bridget Phillipson ले मलाई  हात र गला मिलाएर धन्यवाद दिनु भयो।बेलायतका शिक्षा मन्त्री The Rt Honourable Bridget Phillipson लाई समेत नेपालको धेरै पक्ष बारे कम जानाकारी रहेछ।मलाई २ हप्ता पछि पुःन भेट गर्न बोलाउनु भएको छ।

मैले जे बोलें,व्यक्तिगत केहि मागीन र बोलिन जस्तो लाग्छ।नेपाल,नेपाली नेपालको शान,मान इज्जत माथी लान मेरो सानो प्रयाश गरेको हूं। म बुझ्दछु,एउटा घरको जग बसाल्न ३२००० इट्टा चाहिन्छ।घरको जग बसाल्न हरेक ईट्टाको महत्व छ।Diaspora मा धेरै होनाहार नेपाली हुनुहुन्छ।हरेक नेपालीले नेपालको शान,मान उठाउन आफ्नो आफ्नो क्षमताले जे जे गर्न सक्छौं,अब प्रत्येकले त्यो गर्नु पर्ने बेला आएको छ।

नेपाल विग्रियो,नेपाल विगारे,नेपालमा सन्ततीको भविष्य छैन भन्ने जुन गलत भाष्य निर्माण गराईएको छ,त्यो गलत छ।नेपाल र नेपालीको भविष्य विशाल छ/शान,मान,इज्जत ठूलो छ भन्ने संकल्प गर्दै वर्तमान र भविष्यको सन्ततिको लागी राम्रो नेपाल वा भविष्य भएको नेपाल वा संवृद्धिले भरपूर भएको नेपाल बनाउनु पर्ने दायित्व सबैको काँधमा आएको छ।

Diaspora मा धेरै होनाहार नेपाली हुनुहुन्छ। Diaspoora मा रहनु हुने सबै नेपालीले नेपालीको संवृद्धि विकाश एवं शान,मान,गौरव र इज्जत माथी उठाउन प्रयाश गरौं।

हिजोको यो बेलायती मन्त्री र सांसदहरु उपस्थित महवपूर्ण Dinner कार्यक्रममा मैले नेपालको शिक्षा क्षेत्रमा गरिरहेको सहयोग बढाई दिन आहवान गरें/गोर्खा पेन्सन समान माग मुद्दामा ध्यानाकर्षण गरें।

नेपालको हिउँ पग्लेको विषय,Climate Change Effect न्युनिकरण,नेपाललाई दिईरहेको अनुदान सहयोग लाई धन्यवाद दिंदै बढाई दिन आहवान,गोर्खा पेन्सन असमानता वा विभेद अन्त्य गरि गोर्खालाई ब्रिटिश सरह पेन्सन दिनु पर्ने,ब्रिटिश Airways मार्फत बेलायत नेपाल सिधा हवाई संपर्क गराउन ब्रिटीश सरकारलाई अनुरोध,विश्व पर्यावरण असर न्युनिकरण,बेलायतका कंपनी लाई नेपालमा उद्योग व्यवशाय लगानी गर्न आहवान, बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरिदिन आहवान साथै भारतको Banglore विश्व विद्यालयका IT Expert लाई बेलायतका कंपनिले काम दिए जस्तै नेपालका IT Expert लाई पनि काममा लिईदिन आहवान गरें।

बेलायत सरकारलाई अहिले सम्म दिईरहेको अनुदान सहयोगलाई धन्यवाद दिंदै अझै सहयोग बढाईदिन आहवान गरें।नेपालको मानब अधिकार,प्रजातन्त्र संरक्षण,कानुनी राज्य स्थापनामा गरिरहेको सहयोग र खबरदारी लाई धन्यवाद  दिएँ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?