२३ माघ, २०८१
शीतलपाटीन्युज डटकम।
पोखरा। २४ औं सस्करणको आहा रारा पोखरा गोल्डकप मंगलबारबाट पोखरा रंगशालामा सुरू भएको छ। सहारा क्लब पोखराको आयोजना सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराले गोल भने गुमाएको छ। साहारा टीम नेपाल पुलिस क्लब संग १–० गोलले पराजित हुँदै सहारा खेलबाटै बाहिरिएको हो।
पहिलो हाफको ३६ औं मिनेटमा खेलले पाएको कर्नर किकलाई सदुपयोग गर्दै प्रहरी टीमको खेलाडी उज्वल राईले गोल गरेका थिए। उनको कर्नर किक सोझै दोस्रो बार च्याप्दै गोलमा परिणत हुन पुगेको थियो। सोही गोल नै नेपाल पुलिसका लागि जीतको मुख्य कारण बन्यो। सो गोलका कारण प्रहरीका खेलाडी उज्वल राई खेलको म्यान अफ दि म्याच समेत बने। तीन विदेशी खेलाडी सहित जितको लक्ष्यका साथ मैदानमा उत्रिएको आयोजक टोली साहारा क्लव पहिलो हाफ समयमा धेरै पटक पाएको अवसर खेर गएको थियो।
सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको सो खेल समारोह पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य प्रमुख अतिथी रहनु भएको थियो। कार्यक्रम उदघाटन गर्दै मेयर आचार्यले आहा रारा गोल्डकप प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा नै छाप छोड्न सफल रहेको बताउँदै पर्यटनको शहर राजधानीलाई खेलकुदको माध्यमबाट चिनाउन अहम भूमिका खेलेको बताउनु भएको थियो।
सहारा क्लबका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा हिमश्री फुड्सका प्रकाश केसी पनि आहा रारा गोल्ड कप सफलताका बारेमा आफ्ना भनाई राख्नु भएको थियो। यो २४ सौ आहा रारा गोल्डकप भब्य सम्पन्न गर्न बेलायत,हंड्गकंड्ग, अस्ट्रेलियाका साहारा क्लवका सदस्यहरु र तमुधि युकेका अध्यक्ष जुमकाजी गुरुड्गको नेतृत्वमा जम्बो टोली र साहारा क्लव युके अध्यक्ष कृष्ण गुरुड्गको नेतृत्वमा पनि सबभागी भयको छ।
सो आहा रारा गोल्डकपका अवसरमा नेपाली फुटबल राष्ट्रिय खेलाडी सनिष श्रेष्ठलाई नगद ५० हजार ५ सय सहित सम्मान गरिएको थियो । सो रकम पूर्व राष्ट्रिय खेलाडी एवं सहाराका मानार्थ सदस्य खेम बहादुर गुरूङले प्रायोजन गर्नु भएको थियो।
उद्घाटन कार्यक्रममा यूकेको आर्मी व्रिगेड टोलीले ब्यान्डको प्रस्तुती दिएको थियो भने दोस्रो प्रिक्वाटर खेल अन्तर्गत मछिन्द्र क्लब र एपिएफ क्लबका बीच हुने भएको छ।