२५ माघ, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन । गायिका शर्मिला बर्देवा बेलायतको रजिस्टर्ड नर्स हुन्। तर नर्सिङ भन्दा उनको लगाव,तन मन गायनमा छ। गायनमा समर्पणकै कारण करिब ६ महिना नेपाल बस्दा शर्मिलाले ४६ वटा गीत रेकर्ड गरेर लन्डन फर्किएको बताएकि छन् ।
नेपाल बस्दा उनले करिव ३० वटा आधुनिक-लोक गीत, ५ वटा भजन, ३ नेपाल भाषाका गीत,दुई मूभी गीत,दुईटा राम र गणेश भजन एवं केही गजल पनि रेकर्ड गराएकी छन।
कुनै आफ्नै लगानी,कुनै अरुको लगानीमा रेकर्ड भएका हुन् ति गीत । नेपाल बसाइमा उनले धेरै स्टेज शो समेत गरिन् । नयाँ पुरान पुस्ताहरुसँग काम गर्दा आफू एकदम सन्तुष्ट भएको अनुभव पनि उनले सुनाएकि छन।
नेपाल छँदा रेकर्ड गरिएका गीतहरु विस्तारै दर्शक श्रोतामाझ आउने क्रम शुरु भएको छ। नयाँ गीत ‘औधी मन पराएँ’ लण्डन आउनासाथ सार्वजनिक भएको छ। शर्मिला र नारायण थापाको स्वर रहेको उक्त गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको हो। म्यूजिक भिडियो निर्देशन प्रकाश धितालले गरेका थिए।भिडियोमा प्रतिक्षा काफ्ले र प्रज्वलराज भट्टको अभिनय छ। मिक्सिङ-मास्टरिङ मनोज परियारले गरेका छन्।
‘औधि मन पराएँ…’ गीतको शब्द हर्कबहादुर याक्थुङबा योङहाङले लेखेका हुन् भने संगीत तथा एरेन्ज राजेन्द्र बजगाइँको छ। शर्मिला बर्देवाले गायका गीतहरु अफिसियल यूट्युब च्यानलमा उपलब्ध छ।गायिका बर्देवाले आफ्ना गीत सुनेर मनोरन्जन लिन दर्शक श्रोतालाई आग्रह गरेकि छन। तपाईहरुको निरन्तर माया अनि सद्भाव पाईरहने आसा गरेको उनले बताएकि छन। आगो लाग्यो दिलैमा दमकल बोलाई देउकी चर्चित गायिका बर्देवा हुन।
आखैमा झलझली,सजाय काफी हुदैन,आगो लाग्यो दिलैमा जस्ता गीत र हिउचुलीमा हिउ,स्पर्ष,तस्विर मै यस्तो एलवमहरु उनका इतिहास रहेको छ।
म्यूजिक भिडियो: