Thursday March 20, 2025

साहारा यूकेको सहयोगमा साहारा बालआधारभुत माबिमा लाईब्रेरी निर्माण गरी हस्तान्तरण

२९ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1160


साहारा यूकेको सहयोगमा साहारा बालआधारभुत माबिमा लाईब्रेरी निर्माण गरी हस्तान्तरण

शीतलपाटीन्युज डटकम।
पोखरा। कास्कीको पोखरा महानगरपालिका-९ बसपार्कमा संचालनमा रहेको साहारा बालआधारभूत विद्यालयमा साहारा यूकेले लाईब्रेरी निर्माण गरी हस्तान्तरण गरेको छ।साहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले मंगलबार एक समारोहबीच पुस्तकालय उद्घाटन गरी शुभारम्भ गर्दै हस्तान्तरण गरेका हुन्। 

बिध्यालय ब्यबस्थापन समितीको अध्यक्ष बिक्रम थकालीको अध्यक्षमा भएको सो हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै साहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले विद्यालयमा पुस्तकालय स्थापना गर्नमा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद दिए। उनले विद्यालयले आफूहरुलाई दिएको सम्मानप्रति पनि आभार प्रकट गरे। उनले विद्यार्थी भाइबहिनीहरुलाई नआत्तिन र शिक्षकहरुको आग्रहलाई मानेर अगाडि बढ्न सुझाव दिए। यस्तै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले संस्थाको तर्फबाट विभिन्न क्षेत्रमा सहयोग गरेको उल्लेख गर्दै साहारा बाल आधारभुत माविलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। विद्यालयका प्रधानाध्यपाक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का बडाध्यक्ष मर्सानिले आफ्नो कार्यछेत्र भित्र आफुले चाहेको जस्तै लाईब्रेरी बनेकोमा सहयोगदातालाई धन्यवाद दियका थिए। 

पुस्तकालय ३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। उक्त आर्थिक सहयोग संकलन गर्न सहारा यूकेका उपाध्यक्ष शारदा गुरुङले संयोजन गरेका थिए। जसमा साहारा युकेका पदाधिकारी,कार्यसमिति सदस्य लगायत ४६ जनाले सहयोग गरी बनाईएको पुस्तकालयमा कम्प्युटरसाइज्ड प्रविधिसमेत जडान गरिएको छ। 

कार्यक्रममा साहारा पोखराका अध्यक्ष केशव राज बराल,मुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ,निवर्तमान अध्यक्ष हरि गुरुङ,एनआरएनए युके एवम तमुधि युके पूर्वअध्यक्ष हितकाजी गुरुङ,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,एनआरएनए पूर्वअध्यक्ष सूर्य गुरुङ,वर्तमान उपाध्यक्ष परशु गुरुङ, सहारा यूकेका उपाध्यक्ष शारदा गुरुङ,महासचिव क्या पिताम्बर गुरुङ,कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङ,सार्दिखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ,बगर भाइ खलक यूकेका निवर्तमान अध्यक्ष दिलरास गुरुङ,पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी,गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु,शितलपाटी अनलाइनका सम्पादक वाचस्पति रेग्मी,तमु धीं यूके र सहारा यूकेका सल्लाहकारहरु,कार्यसमिति सदस्यहरु,विद्यालयका कर्मचारीहरु, विद्यार्थीहरु, स्थानीयबासी,सञ्चारकर्मी लगायतको उपस्थिति थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?