Thursday March 20, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथन र अक्षयकोषलाई सहयोग रकम हस्तान्तरण

३० माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1145


पोखरा अन्तर्राष्ट्रिय म्याराथन र अक्षयकोषलाई सहयोग रकम हस्तान्तरण

शीतलपाटीन्युज डटकम।
पोखरा। यहि फागनु ३ गते आयोजना हुने १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई विश्वका विभिन्न देशसहित गैर आवाशिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेका छन्। प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखराले सोमबार संयूक्त रुपमा आयोजना गरेको सम्मान तथा रकम हस्तान्तरण कार्यक्रममा उनीहरुले सो रकम हस्तान्तरण गरेका हुन्।


पोखरामा आयोजित एक कार्यक्रममा सो रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष दिल बहादुर गुरूङले जानकारी दिएका छन्। रकम हस्तान्तरण गर्नेहरुमा गैर आवाशिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, फ्रेन्ड्स अफ पोखरा यूएसए, पोखरेली मञ्च यूके,तमु धिं युके, तमु समाज युके,बगर भाइखलक युके,सहारा युके, राम बजार सोसाइटि युके,चन्द्र प्रकाश गुरूङ अस्ट्रेलिया लगायत रहेका छन्।

गैर आवाशिय नेपाली संघले तीन वर्षको सम्झौता अनुरुप ७ लाख ५० हजार परिषदकी महिला सचिब टिका गुरूङ र परिषदका सदस्य दिलरास गुरूङले हस्तान्तरण गरे। त्यसै गरी फ्रेन्ड्स अफ पोखराको तर्फबाट मञ्चले सुरू गरेको अक्षयकोष स्थापनार्थ नगद १० लाख पोखरा अन्तर्राष्ट्रिय म्याराथन युएसएका संयोजक सोम गुरूङ र संयोजक यम पौडेले हस्तान्तरण गरेका थिए।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर सस्थाको तर्फबट नगद ५ लाख ५० हजार मञ्चका अध्यक्ष करम गुरूङले हस्तान्तरण गरे। तमु समाज युकेले सहयोग गरेको ५० हजार वरिष्ठ उपाध्यक्ष भिम बहादुर गुरूङले हस्तान्तरण गरेका थिए।

१९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरूङ सामाजिक सञ्जाल लगायत अन्य सहयोगीहरुबाट संकलित नगद रु ३ लाख ६५ हजार २८८ रुपैयाँ हस्तान्तरण गरे।

सो अवसरमा बोल्दै एनआरएनए आइसिसीका महिला सचिव टिका गुरूङले पोखराको प्रवद्र्धनमा म्याराथनको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्तो सहयोगलाई निरन्तरता दिने बताइन्। कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व एवं समाजसेवी सूर्य गुरूङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन खेलकुदको विकासका लागि मात्रै नभई यहाँको आर्थिक उर्पाजनमा समेत उत्तिकै भूमिका खेलेको बताए।

कार्यक्रममा आफ्ना भनाई राख्दै तमु धि यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरूङले २० वर्ष आफू सम्मानित हुन पाउँदा गौरव लागेको बताउँदै खेलकुद र सामाजिक क्षेत्रको विकासमा तमु धिंको योगदान योगदान महत्वपूर्ण रहेको बताए।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्राष्ट्रिय पार्टनर संस्था करम गुरूङले विदेशमा छरिएर रहेका नेपालीहरुले वर्षको एक दिन नेपाल आएर पर्वको रुपमा रहेको म्याराथनलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै यसको निरन्तरता रहि रहने प्रतिवद्धता जनाए।

यस्तै पोखरा अन्तर्राष्ट्रिय म्याराथन यूएसएका संयोजक सोम गुरूङले अमेरिका भरी छरिएर रहेका नेपालीहरुलाई यहाँको खेलकुद र सामाजिक विकासको अभियान अघि बढाउने गरी योजना बनाइएको बताउँदै पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भावी सन्तती संगो जोढ्ने माध्यम बनेको बताए।

यसै गरी अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरूङले आफू एक धावक पनि भएकोले यहाँ आएर सहभागिता जनाउन पाउनु आफ्नो जिवनका लागि समेत संधै अविस्मरणिय हुने उल्लेख गरे। उनले आगामी वर्षहरुमा अस्ट्रेलियामा रहेका नेपालीहरुलाई यहाँको खेलकुद र सामाजिक अभियानमा जोड्न आफ्नो पहल रहने जनाए।

कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन यूके सहयोग गर्ने सहयोगी संस्था एवं विभिन्न व्यक्तिहरु तथा पोखरा रंगशाला निर्माण समितिलाई मञ्चले प्रशंसापत्रसहित सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा सूर्ये गुरूङ, मिन प्रसाद गुरूङ,मुछेत्र गुरूङ, डा.जित प्रसाद गुरूङ एवं संस्थागत रुपमा तमु धि यूकेलाई सम्मान गरिएको थियो।

सोही अवसरमा बगर भाइखलक पोखराले समेत १४ औं सस्करणको एटए साइड भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने एवं अध्यक्ष कोषका लागि सहयो गर्ने सूर्य गुरूङलाई सम्मान गरेको थियो। त्यसै गरी संस्थाका अध्यक्ष इश्वर गुरूङले सहयोगी बगर भाइखलक युके,तमु धिं युके, सहारा युके र प्रदेश खेलकुद परिषद गण्डकीलाई प्रशंसापत्रले सम्मान गरे।

परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यच्छतामा भएको कार्यक्रममा मञ्चका अध्यक्ष दिल बहादुर गुरूङ,पूर्ब अध्यक्ष तेज बहादुर गुरूङ लयागतले आफ्ना भनाई राखेका थिए।
(पोखरा स्पोर्टस)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?