Tuesday July 08, 2025

प्रवासी नेपाली मन्च अमेरिका मेरिल्यान्ड राज्य कमिटीको अध्यक्षमा ज्ञानेन्द्र गहतराज चयन

१७ चैत्र, २०८१ शीतलपाटीन्युज डटकम। 1223


शीतलपाटीन्युज संबाददाता।
मेरीलैण्ड,अमेरीका।प्रवासी नेपाली मन्च अमेरिका मेरिल्यान्ड राज्य कमिटीको अधिवेशनले ज्ञानेन्द्र गतराजको अध्यक्षता ७ सदस्य सर्वसम्मत नयॉ कार्यसमिति गठन भएको समाचार छ।            

प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी सचिवालय सदस्य तथा अमेरिका माहदेश ईन्चार्ज प्रभुराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले अध्यक्ष ज्ञानेन्द्र गतराज,उपाध्यक्ष रेमन थापामगर,सचिब पि आर देवकोटा,उपसचिव निर्भिक ठकुरी र सदस्यहरूमा सुवास पोख्रेल,योगेन्द्र खत्री र पदम मरासीनी निर्वाचित हुनु भएको छ।
कार्यक्रममा विशेष अतिथि मदन भन्डारी फ्यान्डेसनका सचिब सन्तोष रावल,ओएनएफ अमेरिकाको अध्यक्ष कृष्ण प्रसाद लामिछाने,ओएनएफ अन्तराष्ट्रीय कमिटी उधोग विभाग सदस्य वाई वि पन्त,माहादेश कमिटी सदस्य केशव राज लोहोनि,अतिथिहरू ओएनएफ राष्ट्रीय कमिटी उपसचिव गोविन्द खनाल,बानाका अध्यक्ष सुवोध विलास पन्त,ओएनएफ बुद्धिजीवी विभाग प्रमुख तथा बाना ट्रष्टी अध्यक्ष कुलमणि आचार्य लगायतले नवनिर्बाचित कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको थियो। 

कार्यक्रममा संस्थापक सदस्य राजेन्द्र के सि,राष्ट्रिय कमिटी सचिवालय सदस्य दुर्गा विक, विजय बगाले,राष्ट्रीय कमिटी सदस्यहरू उपेन्द्र राउत,दिपक सापकोटा भर्जिनिया,गणेश पौड्यल लगायतको उपस्थिति रहेको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?