Tuesday July 08, 2025

उच्चस्तरीय समितिको वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान

२१ चैत्र, २०८१ शीतलपाटीन्युज डटरम। 1236


उच्चस्तरीय समितिको वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान

GNNNEWS-

बेल्जियम - गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् बेल्जियमले एनआरएनए  उच्चस्तरीय समितिको वेबसाइटबाट  सदस्य बन्न आह्वान गरेको छ।

सङ्घकी अध्यक्ष सीता सापकोटाले  एनसीसी बेल्जियमले  उच्चस्तरीय समितिको वेबसाइटबाट  सदस्य बन्न बेल्जियम निवासी सबै एनआरएनहरूलाई आह्वान गर्ने जानकारी दिइन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल गर्दै अध्यक्ष सापकोटाले अप्रिल ७ तारिख, २०२५ भित्र सदस्यता लिएर डेलिगेट्स बन्न आवेदन पनि दिन आह्वान गरिन्।

गत मार्च १६, २०२५ मा बसेको एनआरएनए एनसिसी बेल्जियमको पूर्ण बैठकले एनआरएनएको एकता महाधिवेशन प्रयोजनका लागि सर्वोच्च अदालतको  परमादेश तथा परराष्ट्र मन्त्रालयको पछिल्लो पत्रलाई आत्मसात्  गर्दै आफ्नै व्यवस्थापनमा सदस्यता वितरण गर्ने निर्णय लिइएको तर तत्कालका लागि  उच्चस्तरीय समितिको वेबसाइटमार्फत सदस्यता लिन आह्वान गरिएको सापकोटाले जनाइन्।

 ‘हामी सर्वोच्च अदालतको परमादेश, उच्चस्तरीय समितिको म्यान्डेट र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अघि बढ्नेछौँ,' उनले भनिन्।

सङ्घले  निर्धारित मितिभित्रै सदस्यता प्रक्रियामा सहभागी हुन अनुरोध पनि गरेको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?