Tuesday July 08, 2025

सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत सार्वजनिक

२५ चैत्र, २०८१ शीतलपाटीन्युज डटकम। 1210


सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत सार्वजनिक

सुरेश कोईराला,
अमेरीका। सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। अधिकारीले ‘फूल फूल्यो फक्रियो’ बोलको गीत सार्वजनिक गरेकी हुन्। 

गायिका तारा अधिकारीको स्वर रहेको गीतमा संगीतकार दीपक शर्माले संगीत गरेका छन् भने संविन सुवेदीले संगीत संयोजन गरेका छन्। लामो समय संगीत साधना गरेकी गायिका तारा भाइरल गीत गाउन नचाहेका कारण उति साह्रो चर्चामा आउन भने सकेकी छैनन्। २०७२ सालमा एकल एल्बम ‘किनारा’मार्फत सांगीतिक बजारमा आएकी राधिकाका भने दर्जन बढी गीत सार्वजनिक भएका छन्।

लेखनमा सामाजिक मुद्दा उठान गर्ने अधिकारीका गीतमा मानव जीवन,मानवीय संवेदना र समाजिक उत्तरदायीत्वको भावमा ढल्काव देखिन्छ। 

विन्ध्यबासिनी म्यूजिकबाट बजारमा आएको गीतको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल र नव नायक सागर खनाल फिचर्ड छन्। जीवनको मध्येविन्दुमा बाँचिआएको जीवनप्रतिका सम्झनामा लेखिएको गीतमा ढकाल र खनालको प्रेमिल जोडी निकै खुलेको छ। गीतको म्यूजिक भिडियो निर्देशन प्रहिल कार्कीले गरेका छन्। भूपेन्द्र थापा मगरले छायाँङ्कन गरेको भिडियोको दृष्य सम्पादन माधव बेलबासेले गरेका हुन्।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?