Tuesday July 08, 2025

नयावर्ष २०८२ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न।

२९ चैत्र, २०८१ शीतलपाटीन्युज डटकम। 1221


नयावर्ष २०८२ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न।

नव जनप्रहार,
काठमाडौ। नेपाल प्रहरी श्रीमती संघद्वारा नव वर्ष २०८२ सालको पावन अवसरमा शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ ।संघका अध्यक्ष श्रीमती रुपा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अनुश्री पाख्रीन, कोषाध्यक्ष श्रीमती संगिता लम्साल,कार्यसमितिका पदाधिकारीहरु,आसरा सुधार केन्द्रका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो।


उक्त कार्यक्रममा संघका अध्यक्ष श्रीमती रुपा थापाले उपस्थित सम्पूर्णलाई नव वर्ष २०८२ को  शुभकामना  प्रदान गर्नु भई नयाँ वर्ष भनेको केवल पात्रो फेरिने समय मात्र होइन यो नयाँ उत्साह,उर्जा र आशाको आरम्भ हो। तसर्थ सम्पूर्ण पदाधिकारीज्यूहरु,सदस्यज्यूहरु तथा संघमा कार्यरत कर्मचारीहरुलाई नेपाल प्रहरी श्रीमती संघको हित र साँझा उदेश्य पुरा गर्न मानव सेवा केन्द्रित कार्यक्रमहरुमा लाग्न प्रेरित गर्नु भएको थियो।

सबैलाई आपसी सहयोग,सद्भाव,सहकार्य र दृढ संकल्पको साथ अघी बढ्न निर्देशन प्रदान गर्नु भई संघद्वारा प्रकाशित भित्तेपात्रो तथा शुभकामना कार्ड समेत प्रदान गर्नु भएको थियो। उक्त कार्यक्रम संचालन  संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालले गर्नु भएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?