३ बैशाख, २०८२
शीतलपाटीन्युज डटकम।
इसेक्स क्याम्ब्रिज। गत शनिबार मिति २०२५ साल अप्रिल १२ तारिख ताङतिङ मितेरी संघ युकेले क्याम्ब्रिज इसेक्स स्थित कारभर ब्यारेकको अफिसर मेसमा संयुक्त अधिराज्यको लागि नेपाली राजदुत महामहिम श्री चन्द्र कुमार घिमिरेज्युको प्रमुख अतिथ्यमा १८औ बार्षिकोत्सब च्यारिटी डीनर नाइट अर्थात परोपकारी रात्रीभोज कार्यक्रम–२०२५ भव्य रुपमा सम्पन्न गरेको छ।
नेपालको गण्डकी प्रदेश कास्की जिल्ला मादी गाउँ पालिका वडा नं २ ताङतिङ गाउँ तथा त्यस वरपरका गाउँहरुको सहयोगार्थ सम्पन्न उक्त च्यारिटी डिनर नाइटको प्रबन्ध ताङतिङ मितेरी संघ युकेको अध्यक्ष पुर्ब डिस्ट्रिक्ट काउन्सिलर टिना नाइट तथा ताङतिङ समाज युकेको निबर्तमान अध्यक्ष भुपु उपमेयर काउन्सिलर लक्ष्य गुरुङले संयोजन गर्नुभएको थियो।
कार्यक्रममा महामहिम राजदुत श्री चन्द्र कुमार घिमिरेज्युले नेपाली नयाँ बर्षको अबसरमा युके स्थिति थुप्रै संघसंस्थाहरुले आफुलाई कार्यक्रमहरुमा निमन्त्रणा गरेको तर ताङतिङ मितेरी संघले सबैलाई पछि पार्दै यस च्यारिटी कार्यक्रममा सहभागी गराउन सफल भएको र यस परोपकारी रात्रीभोजमा कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी लागेको कुरा बताउनुभयो। महामहिम राजदुतज्युले नेपालको पहाडी गाउँहरुमा बसोबास गर्नुहुने गरिब दुखीहरुको सहयोगका लागि यहाँहरु गर्नुभएको परोपकारी कार्यहरु र तपाईहरुको जोश ज्यादै प्रशंसानिय रहेको कुरा बताउनुभयो ।
राजदुत घिमिरेज्युले असहाय र गरिबहरुलाई सहयोग गर्दा हामी कहिले पनि गरिब नहुने र यसरी एकअर्काको अस्तित्वलाई आपनत्व गदै एक अर्कालाई सहयोग गर्नु राम्रो कार्यभएको कुरा बताउनुभयो । यसै सिलसिलामा राजदुत घिमिरेज्युले आफु सानो हुँदा जाडो मौसमको बेला कुनै गरिब दुखीलाई न्यानो लुगा दिएर सहयोग गरेका कुरा स्मरण गर्नुहुँदै दीन दुखीलाई सहयोग गर्न पाउँदा आफुलाई नि आनन्द आउने कुरा बताउनु भयो। यस्तै परोपकारी कार्यहरुले गर्दा मेरो कद भन्दा हजुरहरुको कद अर्थात यहाँहरुले गर्नुभएको परोपकारी कार्यहरु ज्यादै उच्च र सम्मानयोग्य रहेको कुरा बताउनु भयो। साथसाथै महामहिम राजदुतज्युले हाम्रो नयाँ पुस्ताहरुलाई पनि यस किसिम परोपकारी कार्यहरुमा प्रेरित र हस्तान्तरण गर्नुपर्ने कुरा बताउनु भयो।
कार्यक्रममा कार्भर ब्यारेक रोयल इन्जिनियर्सका मेजर स्टिभ मार्स,लेप्टिनेन्ट कर्णेल रिटायर्ड माइकल गारसिया, एमबिई,मोटिभेसनल स्पिकर (उत्प्रेरक) बिली डिक्सन र कर्णेल रिटायर्ड केलम स्कट आदिले ताङतिङ मितेरी संघको परोपकारी रात्रीभोज कार्यक्रममा सहभागी हुन पाउँदा खुशी ब्यक्त गर्नुहुँदै ताङतिङ मितेरी संघको पुन्य तथा परोपकारी कार्यहरुको प्रशंसा गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा ताङतिङ मितेरी संघ युकेका अध्यक्ष टिना नाइटले उपस्थित सबैलाई धन्यबाद दिनुहुँदै कार्यक्रम सफल बनाउनु भएकोमा धन्यबाद व्यक्त गर्नुभएको थियो। त्यस्तै ताङतिङ समाज युकेका अध्यक्ष तर्कजङ गुरुङले पनि उपस्थित सबैलाई धन्यबाद दिनुहुँदै ताङतिङ मितेरी संघ युकेले ताङतिङको शिक्षा, स्वास्थ्य र समग्र बिकासमा पुर्याई रहेको योगदानप्रति अभार प्रकट गर्नुहुँदै धन्यबाद ज्ञापन गर्नुभएको थियो। अध्यक्ष गुरुङले ताङतिङको बिकासमा बिशेष सहयोग गर्नुभएकोमा ताङतिङ मितेरी संघ युकेका अध्यक्ष टिना नाइट र उहाँको स्वकिया साहयक निकी केलीलाई पुष्पगुच्छा प्रदान गर्नुहुँदै कृत्तज्ञता प्रकट गर्नुभएको थियो।
स्मरण रहोस,ताङतिङ मितेरी संघ युके बेलायत र नेपालका गाउँहरुबिच मीत लगाउने (भगेनी सम्बन्ध गाँस्ने) पहिलो संस्था हो,यसैको सिको गरेर पछिल्लो समय बेलायत र नेपालको विभिन्न गाउँ तथा शहरहरुबिच मीत लगाउने प्रचलन बढेको छ।
कार्यक्रममा राफल ड्र (चिठा) र अक्सन गरिएको थियो। कार्यक्रममा क्याम्ब्रिज वरपरको थुप्रै मितेरी मित्रहरु र अन्य नेपालीहरु उपस्थित थिए। कार्यक्रममा ताङतिङ मितेरी संघ युकेको ट्रस्टी काउन्सिल लक्ष्य गुरुङले राजाको नाममा लोयल टोस्ट र ताङतिङ समाज युकेको सल्लाहकार जीत गुरुङले नेपालको राष्ट्रपतिको नाममा लोयल टोस्ट गर्नुभएको थियो। उक्त परोपकारी रात्रीभोज कार्यक्रम मास्टर भिन्स हवाकरले संचालन गर्नुभएको थियो।
(श्रोत-स्याफरोन वाल्डेन, इसेक्स,अप्रिल १२ तारिख २०२५ साल शनिबार)