Tuesday July 08, 2025

तमु प्ये ल्हु संघ युकेले कल्याणकारी रात्रिभोज कार्यक्रम भव्य

९ बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 2134


तमु प्ये ल्हु संघ युकेले कल्याणकारी रात्रिभोज कार्यक्रम भव्य

शीतलपाटीन्युज डटकम।

लण्डन। शनिबार १९ अप्रिल २०२५ मा तमु प्ये ल्हु संघ युकेले कल्याणकारी रात्रिभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। हालै संघले खरिद गरेको सामुदायिक भवन मर्मत-सम्भार तथा थप संरचना निर्माण सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रममा तमु धिँ युकेको अध्यक्ष जुमकाजी तमुको प्रमुख आतिथ्यता र तमु समाज युकेको अध्यक्ष बिन्दु तमु घलेको विशेष आतिथ्यता एवं बेलायतमा क्रियाशील विभिन्न प्रतिष्ठित संघ सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

संघको अध्यक्ष क्या.डेम बहादुर योज तमुको सभापतित्वमा सचिव भेग च्हाक्ली तमुले सन्चालन गरेको औपचारिक कार्यक्रमलाई संघको अध्यक्ष क्या डेम बहादुर योज तमु सहित प्रमुख अतिथि जुमकाजी तमु, विशेष अतिथि विन्दु तमु घले,सँस्थापक अध्यक्ष अशोक ल्हेँगे तमु,आमा समूहकी अध्यक्ष बबिता प्हच्यु तमु र खेगी अध्यक्ष जीत क्रोम्छे तमुको संयुक्त बाहुलिबाट समुदघाटन गरिएको थियो।

कार्यक्रममा मौलीक तमु भेषभूषा संरक्षणको लागि गत बर्षदेखि शुरु गरिएको चेयरम्यान कप दम्पत्ति भेषभूषा प्रतियोगीता पनि समावेश गरिएको थियो । तमु प्ये ल्हु संघ काठमाण्डौका कोषाध्यक्ष सिरी प्रसाद च्हाक्ली तमु, नौथुम तमु समाज युकेका अध्यक्ष खम बहादुर ल्होँ तमु र पैंयुखोला तमु समाज युकेका पूर्व अध्यक्ष क्या नर बहादुर पर्जु तमु एमभिओ,बिईएमले निर्णायकको भूमिका निभाएको उक्त प्रतियोगितामा डम्बर टु क्ल्हेप्री तमुको जोडी प्रथम भएका थिए भने भेग च्हाक्ली तमुको जोजी द्धितिय भएका थिए।

त्यसैगरि संघलाई दिएको विशेष योगदानको मूल्यांकन गर्दै संघका पूर्व अध्यक्ष सोम त्होर्जे तमुलाई संघको प्रज्वल रथी सम्मान २०२५ प्रदान गरी सम्मान गरिएको थियो भने नेपालदेखि पाल्नु भएको कान्तिपूर दैनिकका सम्वाददात आश तमु, कलाकारहरु प्रवित्रा तमु, सविना तमु र तिलक तमुलाई पनि सम्मान गरेका थिए। 

सम्मानको क्रममा प्रमुख अतिथि जुमकाजी तमुको दम्पत्ती र भवनको स्टेजको ब्याकड्रबमा क्होईवो सहितको आकर्षक हिमाली दृश्य पेन्ट गरी सहयोग गर्नु भएको आर्टिस्ट देव क्रोम्छै तमु र वहाँकी धर्मपत्नी डा. युग च्हम्रु तमुलाई विशेष सम्मान गरेका थिए।

विभिन्न मनोरन्जनात्मक साँस्कृतिक प्रस्तुतिहरु समेत समावेश गरिएको कार्यक्रममा पवित्र तमु, सविना तमु र तिलक तमुले गायन प्रस्तुति दिएका थिए। सामुदायिक भवन मर्मत-सम्भार तथा थप संरचना निर्माण सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा करिव पैंतीस हजार पाउण्डभन्दा बढी चन्दा संकल भएको बुझिएको छ।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?