Tuesday May 20, 2025

नेकपा एमालेका रघुजी पन्त शिक्षामन्त्री

१० बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 1144


नेकपा एमालेका रघुजी पन्त शिक्षामन्त्री

शीतलपाटीन्युज डटकम।
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त नयाँ शिक्षामन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन्।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाइएको हो।पन्तको भोलि ४ बजे शपथ गराउने तयारी छ।

एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा श्रममन्त्री भएका थिए। आजै प्रधानमन्त्री ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाएका थिए।

तामाङले प्रधानमन्त्री ओलीका कतिपय निर्णयमा विमति राख्दै आएका थिए। विशेषगरी कुलमान घिसिङ बर्खास्तीको विषयमा उनको विमती थियो। उनले मन्त्रिपरिषद बैठकमै पनि घिसिङ बर्खास्तीको विषयमा विमति राखेका थिए।

शीतल निवासको विज्ञप्ति नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ। ऊर्जाराज्यमन्त्रीको पद भने खाली छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?