Tuesday July 08, 2025

मोना युकेले नयाबर्ष २०८२ भब्य मनायो

१४ बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 1206


मोना युकेले नयाबर्ष २०८२ भब्य मनायो

शीतलपाटीन्युज डटकम।
लण्डन।नेपाली नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा म्याग्देलीको एउटै छाता संगठन मोना (MONA) युकेले २६ अप्रील २०२५ शनिबारको दिन धुमधामको साथमा मनायो।

सस्थाका अध्यक्ष पदम गर्बुजा मगर,बरिस्ठ उपाध्यक्ष लाल पुन मगर,उपाध्यक्ष बिष्णु भन्डारी,महिला उपाध्यक्ष श्रीमती गंगा रोका,महासचिव मन्दिप जुग्जाली मगर  तथा सास्कृतिक सचीव श्रीमती नुनु थापा पाईजा मगर र सहसचिव नेत्रमान गर्बुजा मगर लगायतको उपस्थिती रहेको कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको थियो।

 

गायक तथा नृत्य कलाकार पप गायक गगन पुन मगर, लोकदोहोरी गायिका आस्मा छन्त्याल,थाली नृत्यमा सुश्री मिलन थापा मगर,नृत्यमा सुश्री यशोदा रोका मगर  लगायतको प्स्तुति रहेको सो नया बर्ष कार्यक्रममा मोना युथका कलाकार र बिभिन्न गाउँपालिकाका कलाकार नानी बाबुहरुद्वारा अति सुन्दर नृत्य प्रस्तुति भएको थियो।

पुनमगरको सस्कृती पुर्खेउली नृत्यका संरक्षक बिल पुर्जा पुनमगरको अगुवाइमा पुर्खेउली नृत्य प्रस्तुत गर्नुभएको थियो भने धौलागिरी नौमती बाजाले अतिथिलाई स्वागत गर्दै कार्यक्रमको अन्तिम समयमा धौलागिरी नौमती बाजाको साथमा दोहिरी गायिका आस्मा छन्त्याल, गायक तुल्चन्द्र तिलिजा र गायक याम पुर्जा मगरले दोहोरी गितमा घम्साघम्सी गर्दै रमाईलोको साथमा नयाँ वर्ष २०८२ सालको शुभकामना साझ बिसर्जन गरिएको थियो। 

मोना युकेका अध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिको पहलमा यो कार्यक्रम भब्य सम्पन्न भएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?