Tuesday July 08, 2025

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

१४ बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 1426


पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

शीतलपाटीन्युज डटकम।
लन्डन। पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न संस्थाको ११औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो।

नवनिर्वाचित कार्यसमितिको  उपाध्यक्षमा सन्जयध्वज भण्डारी,भिमलाल भट्टराई, कुलराज गुरुङ,श्रीमति सुप्रिया गुरुङ र नारायण गिरी निर्वाचित भएका छन्।सो निर्वाचनमा महासचिवमा बाबुराम भुषाल र उपमहासचिव निर्मला गुरुङ चुनिएका छन्।

त्यस्तै कोषाध्यक्षमा विकास सापकोटा र सहकोषाध्यक्षमा अस्मिता शर्मा आचार्य र कार्यसमिति सदस्यहरुमा बलबहादुर थापा,पार्वती थापा, रक गुरुङ,जमुना थापा,जुना दर्लामी,चन्दन गुरुङ,रामचन्द्र तिवारी,स्वस्तानी गुरुङ,विष्णु गुरुङ,सुनिल गुरुङ,धनबहादुर हितान,पम्फा थापा र सोनिया गुरुङ निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड कृष्ण गुरुङले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गर्दै शपथ ग्रहण गराएका थिए भने निर्वाचन समितिका प्रमुख संयोजक एवम् सोसाइटीका संस्थापक अध्यक्ष समेत रहेका एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, निर्वाचन समितिका सदस्यहरु पूर्व अध्यक्षहरु पुरन गिरी,दधि आचार्य र नेत्र आलेले खादासहित बधाइ दिएका थिएका थिए।

नवनिर्वाचित अध्यक्ष सुरज पौडेलले आफूलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरिएकोमा खुशी व्यक्त गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका थिए। 
पर्वत वयरफेयर सोसाईटीको अध्यक्ष अप्सरा गुरुड्गको अध्यक्षता बसेको बार्षिक अधिबेसनले बार्षिक प्रतिबेदन पेस गर्दै उपस्थित सबैबाट पास गरेको थियो। महासचिव बाबुराम भुसालले संचालन गरेको सो कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष हितकाजी गुरुड्ग रहनु भएको थियो। संस्थाका सल्ल्हाकारज्युहरु,चार भन्ज्याड्ग तमु समाजका पदाधिकारीज्युहरु समेतको भब्य उपस्थिती रहेको सो कार्यक्रममा सामाजीक सेवामा अगाडी रहेको पर्वत वयलफेयर सोसाईटी युकेले भविष्यमा पनि समाजसेवा ध्यान दिने जनाएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?