Tuesday July 08, 2025

गोर्खाकपमा भाग लिन तमुधिं नेपालका केन्द्रीय अध्यक्ष हुम गुरुङ बेलायतमा

१० जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1116


गोर्खाकपमा भाग लिन तमुधिं नेपालका केन्द्रीय अध्यक्ष हुम गुरुङ बेलायतमा

शीतलपाटीन्युज डटकम।
लन्डन। तमुधिं यूकेद्वारा बेलायतमा आयोजना हुने २३ औं गोर्खाकपमा भाग लिन तमुधिं नेपालका केन्द्रीय अध्यक्ष हुम गुरुङ बेलायत आउनु भएको छ।

अध्यक्ष गुरुङलाई बेलायतमा स्वागत गर्न तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ,पूर्व अध्यक्ष ज्ञाम गुरुङ,आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, सहारा यूके पूर्व अध्यक्ष लेफ्टिनेण्ट रिटायर्ड कुसाङ गुरुङ,पत्रकार आश गुरुङ,ओमकार गुरुङ लगायत हिथ्रो विमानस्थलमा पुगेका थिए। मुधिं यूकेको निमन्त्रणामा आएका नेपालका अध्यछ्य गुरुङ दुई साता बेलायतमा रहनु हुनेछ।

यसअघि गोर्खाकप फुटवलकै लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) पनि विहिबार नै बेलायत आइपुगेकी छन्।

विहीबार बेलायत आइपुगेका खेलाडी सम्बा र तमुधिं नेपाल अध्यक्ष गुरुङलाई बेलुका अल्डरसटस्थित पानस रेष्टुरेन्टमा स्वागत तथा सम्मान गरिएको छ।

यही आइतबार २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा आयोजना हुने २३ औं गोर्खाकपमा करिब तीन सय अतिथि आमन्त्रित छन् भने गोर्खाकप हेर्न २० हजारसम्म दर्शक अपेक्षा गरिएको र १ लाख पौण्ड खर्च हुने अनुमान गरीयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?