१७ जेष्ठ, २०८२
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाल प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा भएका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस भएका ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको हो।
डीआईजीमा बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ। डीआईजी विनोद घिमिरेको प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय नक्सालमा पदस्थापन भएको छ।
घिमिरे यसअघि एसएसपी हुँदा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत थिए।
यसैगरी,लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत डीआईजी सुदर्शनप्रसाद कोइरालाको प्रहरी प्रधान कार्यालय विशेष व्युरो नक्साल र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत डीआईजी माधवप्रसाद श्रेष्ठको कर्णाली प्रदेश प्रहरी कार्यालय,सुर्खेतमा पदस्थापन भएको छ ।