Tuesday July 08, 2025

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आठौँ लोकदोहोरी स्वर्णिम साँझ भब्य सम्पन्न

२० जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 4385


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आठौँ लोकदोहोरी स्वर्णिम साँझ भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।
लन्डन। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आठौँ लोकदोहोरी स्वर्णिम साँझ सम्पन्न भएको छ। शनिबार, ३१ मईका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट कलेजमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख अतिथि डेभिड गुरुङ रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखा अध्यक्ष लक्ष्मण रानाको अध्यक्षतामा भएको सो शाखाको आठौ कार्यक्रम महासचिव रत्न शाहीले संचालन उदघोषण गरेका थिए। नेपाली राष्ट्रिय गान गायर पानसमा बत्ती बालेर उदघाटन गरीएको सो कार्यक्रम दिवंगत कलाकारहरुको शंक्झना गरीएको थियो।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाका उपाध्यक्ष मधुसुदन थापाले स्वागत मन्तब्य राखेको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि डेभिड गुरुङले यस्ता कार्यक्रमहरूले हाम्रो लोक तथा दोहोरी गीतलाई जगेर्ना गर्न भूमिका खेल्ने बताए। संरक्षक एवम पुर्व अध्यक्ष टंक शेरचनले संस्था जन्मेको र आज यो अवस्थामा आईपुगेकोमा खुसी ब्यक्त गर्दै संस्थाको आरोह अवरोहका बारेमा स्पष्ट पारेका थिए।
विशेष अतिथि प्रतिष्ठान केन्द्रका सहकोषाध्यक्ष जुना शिरीषले विदेशी भूमिमा पनि यस्ता किसिमका स्वर्णिम साँझ गरेर लोक तथा दोहोरी गीतलाई प्रवर्द्धन गर्नु खुसीको कुरा रहेको बताएकी थिईन।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको निरुसा भट्टराई पाण्डे र कल्पनी श्रीपलले उदघोषण गरेको कार्यक्रममा १३ जना बरिष्ठ थिए।

कलाकारहरु जुना शिरीष,बालचन्द्र बराल,रिना थापा,प्रसाद खप्तरी मगर, आरसी पौडेल,विमल परियार, देवी आले,अनुपा मगर,शर्मिला बिसी,भूमिका शाह,सृष्टि पुन, शाहिमा श्रेष्ठ,कालिका रोका मगरलगायत कलाकारहरूले प्रस्तुति दिएका थिए भने गोर्खा मिडीयाका मीलन तमु गुरुड्ग र शीतलपाटीन्युजका बाचस्पति रेग्मीको उपस्थिती थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?