Tuesday July 08, 2025

नेपाली मूलका अमेरिकी नागरिक डा.विशाल भण्डारी पुनः गभर्नरको दक्षिण एसियाली अमेरिकी मामिला आयोगका आयुक्तमा नियुक्त

२० जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1090


नेपाली मूलका अमेरिकी नागरिक डा.विशाल भण्डारी पुनः गभर्नरको दक्षिण एसियाली अमेरिकी मामिला आयोगका आयुक्तमा नियुक्त

सुरेश कोईराला,

अमेरीका।अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका नेपाली मूलका अमेरिकी नागरिक डा.विशाल भण्डारी पुनः गभर्नरको दक्षिण एसियाली अमेरिकी मामिला आयोग (Governor's Commission on South Asian American Affairs) का आयुक्तमा नियुक्त भएका छन्।

उनीलाई मेरिल्यान्ड राज्यका गभर्नर वेस मुरले पुनः चार वर्षको कार्यकालका लागि नियुक्त गरेका हुन्। यसअघि पनि डा.भण्डारीले सो आयोगमा सक्रिय योगदान पुर्‍याएका थिए।

पुनः नियुक्तिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै डा.भण्डारीले उक्त अवसरप्रति गहिरो आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, “यो सम्मान पाउँदा म अत्यन्त आभारी छु। प्रतिनिधित्वको महत्वप्रति दृढ विश्वास राख्दै म यो जिम्मेवारीलाई पूर्ण निष्ठा र उत्तरदायित्वका साथ निर्वाह गर्नेछु।” साथै,उनले गभर्नर वेस मुर,मिलर प्रशासन र आयोगका अन्य सदस्यहरूप्रति सहकार्यको प्रतिबद्धता पनि जनाएका छन्।

डा. भण्डारी इनोभा हेल्थ, भर्जिनिया स्थित एनालिटिक्स तथा नतिजा विभागका क्लिनिकल निर्देशक, क्लिनिकल एनालिटिक्स वैज्ञानिक तथा स्वास्थ्य सेवा गुणस्तर विशेषज्ञको रूपमा कार्यरत छन्। उनी स्वास्थ्य सेवा गुणस्तर सुधार, क्लिनिकल इन्फरमेटिक्स र जनस्वास्थ्य परियोजनामा विशेष रुचि राख्छन्। उहाँले MIT बाट आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा कार्यकारी डिग्री हासिल गर्नुभएको छ।

स्वास्थ्य सेवा पहुँच,गुणस्तर र अनुभवलाई प्रविधि र नवप्रवर्तन मार्फत सुधार गर्ने उद्देश्यले उनले Aspirenix नामक प्रविधि कम्पनीको सह-स्थापना गरेका छन्,जुन संस्था स्वास्थ्य क्षेत्रमा नवीन समाधानहरू प्रदान गर्दै आएको छ।

सामुदायिक सेवामा समेत सक्रिय रहने डा.भण्डारी बाल्टिमोर नेप्लिज लायन्स क्लबमा सामुदायिक स्वास्थ्य संयोजकको रूपमा स्वयंसेवा गर्दै आएका छन्। साथै, उनले Digital Bridges 4 Nepal,काठमाडौँ बाल स्वास्थ्य संस्थान (KIOCH) जस्ता धेरै  संस्थासँग सहकार्य गर्दै नेपालका ग्रामीण क्षेत्रमा प्रविधि र शिक्षाको पहुँच विस्तारमा पनि योगदान पुर्‍याएका छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?