Tuesday July 08, 2025

एमाले महासचिब पोखरेल ओएनएफ यूकेको अधिवेशनमा भाग लिन बेलायत आउदै

२३ जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1164


एमाले महासचिब पोखरेल ओएनएफ यूकेको अधिवेशनमा भाग लिन बेलायत आउदै

शीतलपाटीन्युज डटकम।
लण्डन। एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौ अधिबेशन उद्घाटन गर्न बेलायत भ्रमणमा आउने भएका छन । आगामी १२ जुनमा यूरोप हुदै बेलायतमा भ्रमणमा आउन लागेका महासचिव पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनेछन। अधिवेशनमा एमाले यूरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तरराष्ट्रिय मंचका अध्यक्ष संजय थापा र प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि सचिवालय सदस्य प्रभु थापासहितका नेताहरु अतिथिका रुपमा सहभागी हुनेछन। आगामी १५ जुनमा बेलायतस्थित लेस्टरमा हुन लागेको नवौं महाधिवेशनले  आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

एमाले महासचिब पोखरेल बेलायत रहँदा नेपाली दुतावास लण्डनद्वारा आयोजित विभिन्न कार्यक्रममा सरिक हुनेछन । त्यस्तै,नेपाल बेलायतबीचको दौत्य सम्बन्ध,नेपाल बेलायतबीचको व्यापार, लगानी,पर्यटन अभिबृद्धि कार्यक्रममा नेता पोखरेल सहभागी हुनेछन। साथै,नेपाल र बेलायती राजनीतिक दलहरुबिच द्विपक्षीय सम्बन्ध अघि बढाउन लण्डनस्थित बेलायती सरकारी निकाय र राजनीतिक दलका विभिन्न पक्षहरुसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । महासचिव पोखरेल लण्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधि स्थलमा पुष्पगुच्छा अर्पण कार्यक्रमपछि बेलायतस्थित नेपाली समुदायसंग अन्तरक्रिया र भेटघाट गरी पुर्वगोर्खाका आन्दोलन,गैरआवासीय नेपाली नागरिकता र अन्य सरोकारित बिषयमा छलफल गर्नेछन ।

महासचिव पोखरेलले बेलायत भ्रमणमा आउनु अघि काठमाडौंस्थित बेलायती दुतावास भ्रमण गरी महामहिम राजदूत फेन संग भेट गरेका छन। उनले दुई देशवीचको आपसी चासोको बिषय र आफ्नो आसन्न बेलायत भ्रमणबारे छलफल गरेका छन। महासचिव पोखरेललाई बेलायतमा स्वागत गर्न सम्पुर्ण तयारी भैसकेको ओनएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले जानकारी दिएका छन। 
(श्रोत-अधिवेशन प्रचार र प्रसार संयोजक युके)



मतहरू

Balkrishna Bhusal

Very good


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?