Tuesday July 08, 2025

नेपालयुके डटकमको पुन: प्रकाशन शुरु

२४ जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1097


नेपालयुके डटकमको पुन: प्रकाशन शुरु

GNNNEWS:
लण्डन  – ठिक बिस वर्ष पहिले  बेलायतमा रहेका नेपालीहरूलाई सुसूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको सामुदायिक वेबसाइटको प्रकाशन फेरि  सुरु  गरिएको छ।

विभिन्न कारणले  लामो समयदेखि निष्क्रिय रहेको उक्त प्लेटफर्म शुक्रबार (६ जुन २०२५) देखि औपचारिक रूपमा फेरि संचालनमा आएको छ।   "बेलायतमा बसोबास गर्ने नेपाली विद्यार्थी, परिवार र पेशाकर्मीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी एक भरपर्दो र प्रयोगकर्तामैत्री सूचना मंच को आवश्यकता लामो समयदेखि महसुस भइरहेको बेला Nepaluk.com अब अझ बलियो, विस्तारित र उद्देश्यपूर्ण रूपमा पुनः सञ्चालनमा आएको हो," नेपालयुके डटकममा संस्थापक तथा संचालक कृष्ण भट्टले भने।  आजको यो पुनः शुभारम्भले लामो समयदेखिको एक महत्वपूर्ण अभावलाई पुरा गर्ने उनले विश्वास व्यक्त गरे ।

 बेलायतमा बसोबास गरिरहेका वा नेपालबाट आउन तयारी गरिरहेका नेपालीहरूका लागि विश्वसनीय जानकारी, व्यावहारिक सहयोग र समुदायको महसुस हुने गरी सूचना र जानकारी एकै थलोबाट उपलब्ध गराउन Nepaluk.com ले पुलको काम गर्ने उनले बताए। " अब यहाँ कसैले पनि एक्लो महसुस गर्नु पर्दैन, प्रश्न सोध्न, सहयोग खोज्न, वा समुदायसँग जोडिन सकिने छ," भट्टले भने ।

Nepaluk.com मा आवास सम्बन्धीविवरण, संस्थागत डायरेक्टरी, दूतावास सम्पर्क, समाचार र कार्यक्रमहरूको सूचना, सबै एकै ठाउँमा उपलब्ध छन् ।

यसबाहेक उक्त पोर्टलमा
• बेलायतका विश्वविद्यालय र कलेजहरूको सूची
• नेपाली परिवारहरूले उपलब्ध गराएका आवासहरूको विवरण
• नेपाली व्यवसायहरूमा रोजगारीको अवसर
• कानुनी सल्लाह, भिसा मार्गदर्शन र शैक्षिक सहयोग सम्बन्धी जानकारी उपलब्ध छन्।

 
यस बाहेक बेलायतमा रहेका भूतपूर्व गोर्खा, तिनका परिवार तथा नेपाली समुदायका प्रेरणादायी कथा र समाचारहरू, सामुदायिक कार्यक्रम र सांस्कृतिक पर्वहरूको जानकारी साथै  आफ्ना सेवाहरू प्रचार गर्ने, व्यवसाय प्रवर्द्धन गर्ने र अवसर बाँड्ने स्थानको रुपमा पनि  उक्त पोर्टल  रहने जनाइएको छ।

"चाहे तपाईं पहिलो पटक अध्ययनका लागि आउँदै हुनुहुन्छ, रोजगारीको खोजीमा हुनुहुन्छ, वा दोस्रो पुस्ताका नेपाली–बेलायती नागरिक हुनुहुन्छ — Nepaluk.com तपाईंको सन्देश, समर्थन र सम्पर्कको डिजिटल केन्द्र हो।   समुदायद्वारा निर्मित, समुदायकै लागि पुस्ता र सिमाना पार गर्ने नेपालीहरूको लागि एक साझा डिजिटल थलोको विकास गर्न तपाईंहरु सबैको सुझाव,सल्लाह र सहयोगको हामीले अपेक्षा गरेका छौं," भट्टले भने।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?