२६ जेष्ठ, २०८२
शीतलपाटीन्युज डटकम।
लन्डन। तनहुँ समाज यूकेको १८औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम भब्य सम्पन्न भएको छ। संस्थाका अध्यक्ष केशर रानामगरको अध्यक्षतामा भेटघाट तथा बीबीक्यू कार्यक्रम भब्य सम्पन्न भएको हो। महासचीव बोध बिक्रम थापाले सबैलाई आसन ग्रहण गराएर संचालन गरेको सो कार्यक्रम संस्थाका जेष्ठ सदस्य यानकी आले,अध्यक्ष केशर राना र प्रमुख संरक्षक लेख बहादुर गुरुड्गले पानसमा बत्ती बालेर उदघाटन गर्नु भएको थियो।
कार्यक्रममा नेपालबाट आएका राष्ट्रियस्तरका कलाकारहरु प्रसाद खप्तरी मगर,बालचन्द्र बराल,देबी आले र पबित्रा गुरुङले दर्शक स्रोताहरुलाई विभिन्न गीत प्रस्तुत गरी भरपुर मनोरन्जन दिलाएका थिए। यस्तै स्थानीय कलाकारहरु दुर्गा गुरुङ,रोनिशा आले,सम्प्रदा राई,जेनम राई र अर्चिता गौतमले आकर्षक नृत्य गरेका थिए। साथै कार्यक्रममा प्रत्यक्ष मौलिक कौराहा नृत्य पनि प्रस्तुत गरिएको थियो। तनहुँ समाज यूकेका पदाधिकारीहरु,सदस्यहरु तथा उपस्थित सहभागी दर्शकहरु कलाकारहरुसँगै नाचेर भरपुर मनोरन्जन लिएका थिए।
मध्याह्न १२ बजेपछि सुरु भएको तनहुँ समाज यूकेको सो कार्यक्रममा निर्वाचन संयोजक बरिष्ठ सल्लाहाकार रि मेजर कुल बहादुर थापाले निर्बिरोध निर्वाचित १९औ कार्यसमितीको नाम घोषणा गर्दै सपथ समेत खुलाउनु भएको थियो। निर्बिरोध निर्बाचित अध्यक्ष शान्त गुरुड्ग,उपाध्यक्षहरु निर्मला थापा,बोध बिक्रम थापा र कृष्ण बहादुर थापा,महासचिव महेन्द्र आले,सचिव शोभा रेग्मी गौतम,कोषाध्यक्ष जस प्रसाद आले,सहायक कोषाध्यक्ष कृष्ण आले (किसन) चयन हुनु भएको छ, त्यस्तै गरी सदस्यहरुमा प्रकास गौतम, अनील थापा,हेम थापा,लोकेन्द्र गुरुड्ग,कुल थापा ६३१५२,पुर्ण कुमार आले,जयराम थापा,पवन राना, मदुसुदन थापा,गुड्डु गुरुड्ग,यम थापा,दुर्गा बहादुर राना,पिताम्बर गुरुड्ग र डम्बर सिं गुरुड्ग रहनु भएको छ।
सन् २००८ मा स्थापना भएको तनहु समाज युकेले केही सम्मानित ब्यक्तिहरुलाई सम्मान पनि गरेको थियो।संरक्षक लेख गुरूङ लाईफ टाइम अचिभमेन्टद्वारा सम्मान,मे. रिटायर्ड बरिष्ठ-सल्लाहकार कुल बहादुर थापा,एम.भी.ओ उत्कृष्ट समाजसेवा सम्मान-२०२५,मे.रिटायर्ड बरिष्ठ-सल्लाहकार कृष्ण बहादुर गुरूङ एम.भी.ओ,उत्कृष्ट समाजसेवा सम्मान-२०२५,बरिष्ठ-सल्लाहकार रन्जन मल्ल उत्कृष्ट समाजसेवा सम्मान-२०२५,मिन बहादुर रानामगर सल्लाहकार,उत्कृष्ट समाजसेवा सम्मान-२०२५,कोषाध्यक्ष श्रीकृष्ण बहादुर थापा उत्कृष्ट समाजसेवा सम्मान-२०२५,निबर्तमान अध्यक्ष केशर बहादुर राना बिधान बमोजिम बरिष्ठ-सल्लाहकार सम्मान पत्रद्वारा सम्मान गरीएको थियो।
तमुधि युकेका अध्यक्ष जुमकाजी गुरुड्ग, मगर संघ युकेका अध्यक्ष लालु पुन, साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्ग,गुल्मी समाज युकेका अध्यक्ष रुद्र थापा,गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु गुरुड्ग, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी, सास्कृतिक सचिव रुक आले उपस्थित रहेको कार्यक्रम रमाईलो बनेको थियो।