Tuesday July 08, 2025

भूतपूर्व ब्रिटीष गोर्खा र बेलायत सरकार वार्ता पुनः सुचारु गर्न बेलायत सहमत

२९ जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1080


भूतपूर्व ब्रिटीष गोर्खा र बेलायत सरकार वार्ता पुनः सुचारु गर्न बेलायत सहमत

शीतलपाटीन्युज डटकम।
लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न बेलायत र नेपाल सरकार (जीटुजी) तथा गोर्खा प्रतिनिधिबीच पुनः वार्ता शुरु हुने भएको छ ।

यही १२ जुन २०२५ लन्डनस्थित दूतावासमा बेलायत र नेपाल सरकार एवं गोर्खा संगठनका प्रतिनिधिहरुबीच प्राविधिक स्तरमा वार्ता हुंदैछ। बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले कार्यभार सम्हालेपछि पहिलोपटक गोर्खा मुद्दामा बेलायतसंग वार्ता हुन लागेको हो ।

यसअघि बेलायत र नेपाल सरकार (जीटुजी) तथा गोर्खा प्रतिनिधिबीच ७ चरणमा प्राविधिक र ४ चरणमा मन्त्रिस्तरिय वार्ता भएपनि निष्कर्षमा नपुगी टुंगिएको थियो।

गत वर्ष जुलाईमा भएको आम निर्वाचनबाट लेबर पार्टी सत्तामा आएपछि झण्डै एक वर्षपछि वार्ता हुन लागेकामा भूतपूर्व गोर्खाहरु उत्साहित छन्।

‘महामहिम चन्द्र घिमिरेले बेलायतसंग कडा अडान राखेरै वार्ता प्रारम्भ गर्नु भएकामा हामी आशावादी पनि छौं’, अनसनकर्तामध्ये एक गोर्खा अभियन्ता ज्ञानराज राईले भनेका छन।

उक्त वार्ताको पूर्व सन्ध्यामा मंगलबार गोर्खा संगठनका प्रतिनिधिहरुको समूह जी टेन र दूतावास कूटनीतिज्ञबीच छलफल भएको छ। “दूतावासमा करिब तीन घण्टा चलेको छलफलमा महामहिमज्यूलाई हामीले सबै कुरा अपडेट गरायौं”,राईले भने, ‘अब वार्ता कसरी सुचारु गर्ने र को को जाने भन्ने कुरा भयो। पर्सीको वार्तामा जी टेनका सबै प्रतिनिधि जाने सल्लाह भएको छ।’

उक्त छलफलमा दूतावासका तर्फबाट राजदूत घिमिरे, उपनियोग प्रमुख विपिन दुवाडी,सैनिक सहचारी कर्णेल अनुप शाह र जीटेन समूहका मेजर जुदबहादुर गुरुङ,गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई,गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका मेजर (रि) उदयबहादुर गुरुङ, बिजिडब्लुएस अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान,गेसो सभापति कृष्णकुमार राई,नेसा अध्यक्ष केशबहादुर गुरुङ साथै पुष्पा राणा घले र धन गुरुङ सहभागी थिए।
(नेपालीलिंकबाट साभार।)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?