३२ जेष्ठ, २०८२
शीतलपाटीन्युज डटकम।
लन्डन। गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु "प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड"बाट सम्मानित भएका छन् । फानबोरोस्थित भिलेज होटलमा १३ जून २०२५ मा आयोजित समारोहमा प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड संस्थापक तथा रस्मोर बोरो काउन्सिल निवर्तमान मेयर मारा माकुनुराले पूर्वगोर्खासमेत रहेका तमुलाई अवार्ड प्रदान गरेकी हुन्।
कला र संस्कृतिका साथै फोटो, भिडियो र समाचार सम्प्रेषण गर्दै मिडियामार्फत समाजमा पुर्याएको योगदानको मूल्यांकन गर्दै मीलन तमुलाई अवार्ड प्रदान गरिएको रश्मोरले जनाएको छ।
अवार्ड ग्रहणपछि पत्रकार तमुले यसरी नेपालीहरु पनि प्राइड अफ रश्मूर कम्युनिटी अवार्डमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी र गौरव लागेको प्रतिक्रिया दिएका थिए। उनले भनेका छन, सरप्राइज्ड र प्राउड फिल भयो।'
आफ्नो कामको मेहनतलाई मुल्याङक गरी कदर गर्ने निर्णायक अनि अवार्ड संस्थापक माकानुरासहित सबैलाई धन्यवाद दिएका छन। सैनिक सेवादेखि नै फोटोग्राफीमा लागेका तमुले अहिले गोर्खा मिडिया डटकम न्यूज पोर्टल सञ्चालन गरिरहेका छन्। मेहनती र.समयलाई प्रयोग गर्न सक्ने मिडीयाकर्मा तमु अहिले लण्डनमा सबै भन्दा अगाडी समाचार पस्केर श्रोता माझ छन।