३ असार, २०८२
शीतलपाटीन्युज डटकम।
लन्डन- नेपालमा सरकारमा रहेको नेकपा एमाले पार्टी निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेमा नयाँ नेतृत्व सहित मंचको नया कार्यसमिती निर्बिरोध चुनिएको छ। १५ जुन २०२५ आइतबार बेलायत मिडलैण्डको लेष्टर शहरमा सम्पन्न नवौं अधिवेशनले अध्यक्ष पशुपति पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी निर्वाचित गरेको हो।
कर्ण शाही निर्वाचन संयोजक रहेको निर्वाचन समितीले नवनिर्वाचित कमिटीको चार उपाध्यक्षमा प्रतिमा जिसी, डा मुकुन्द बास्तोला, लिलामान शेरपुञ्जा पुन र सुदेशा बजगाईं छन् । सचिवको जिम्मेवारी गंगा क्षेत्रीले पाएका छन् भने उपसचिवमा हरि आचार्य, श्याम लुईंटेल र दुर्गा बानिया चुनिएका छन्।
त्यस्तै, सदस्यमा शम्भुप्रसाद अर्याल, अर्जुन चापागाईं, तारानाथ भण्डारी, अर्कराज तिम्सिना, वीरकाजी गुरुङ, अञ्जु पाठक र प्रेम गुरुङ छन्। रिक्त एक उपसचिव पछि मनोनित गरिने भएको छ ।
नवनिर्वाचित अध्यक्ष पोखरेल यसअघि मञ्चमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। अघिल्लो समितिमा उनी सदस्य र संघसंस्था समन्वय विभाग प्रमुखको भूमिकामा थिए। नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई मञ्चको अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले शपथग्रहण गराएका थिए। प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी महासचिव शंकर पोखरेललगायतका नेताले बधाई तथा शुभकामना दिएका थिए।
अध्यक्ष निर्वाचित भए लगत्तै पोखरेलले तीन वर्षे कार्यकालमा सक्रियतापूर्वक खटेर संगठन र पार्टीको साख उकास्न लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन। उनले मञ्चको सदस्यता विस्तार कार्यलाई अभियानका रुपमा अघि बढाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताए।अध्यक्ष पोखरेलले आउँदै गरेको एनआरएनए यूके निर्वाचनमा समेत मञ्चको भूमिका सशक्त र प्रभावकारी पार्ने प्रतिवद्धता व्यक्त गरे ।
यसअघि मञ्चको अध्यक्ष पदमा दावी गरेका कृष्ण भण्डारी र डा मुकुन्द बास्तोला सहमतिका नोमीनेसनबाट पछि हटेपछि पोखरेलको नेतृत्वमा सर्वसम्मत कमिटीका लागि वातावरण बनेको थियो।
प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुड्गा भुसालको अध्यक्षतामा भएको सो अधिबेशन उदघोषण महासचीव पुण्य रेग्मीले संचालन गर्नु भएको थियो। नेपाली राजदुताबास लण्डनका महामहिम राजदुत चन्द्र प्रकास घिमीरे र नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले उद्घाटन गरेको सो अधिवेशनमा पोलिट्ब्युरो सदस्य सुजिता शाक्य,केन्द्रीय सदस्य एबम युरोप अमेरिका इन्चार्ज घनश्याम पाण्डे,प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष क. सञ्जय थापा, प्रवासी नेपाली मञ्च युरेप क्षेत्रका अध्यक्ष भक्त गुरुड्ग, प्रवासी नेपाली मञ्च युकेका पुर्व अध्यक्षहरु राम शरण सिंखडा, राजेन्द्र पुडासैनी समेतको विशेष आतिथ्यतामा महाअधिबेसन सम्पन्न भयको थियो।