Monday May 29, 2023

नेपली साहित्य विकास परिषद यूके द्वारा आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती मनाइयो

२६ असार, २०७५ कोमल मल्ल 5979



8 जुलाई लण्डन, वेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूके द्वारा विविध कार्यक्रम सहित उत्साहवर्धकरूपमा आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती मनाइयो ।
वयस्ट लन्डन, एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहलाई संवोधन गर्नुहँदै प्रमुख अतिथि परिषदका पदेन संरक्षक तथा वरिष्ठ साहित्यकार महामहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धी गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नु भयो । महामहिमले हामी जहाँरहे पनि मातृभूमिको माया र आमाको वात्सल्य आफ्नो मुटू संगै जोडिएको हुन्छ र त्यसैमा उभिएर पहिचान बनाउनु पर्छ भन्नुभयो । अर्का विशिष्ठ वक्ता परिषदका वरिष्ठ सल्लाहकार वुद्धिजीवी समाजसेवी यती संस्थाका पूर्व अध्यक्ष डा.राघव प्रसाद धितालले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तिय रामायणले उतिखेरको समाजमा बलियो भूमिका खेलेको चर्चा गर्नुहुदै वेलायतमा साहित्यको माहोलको सुरूवात गरेर नेपाली साहित्य विकास परिषदले एउटा संवेदन्शील अगुवाइ गरेकोछ भन्नुभयो ।

 सभापतिको आसनबाट वोल्नुहुदै परिषदका अध्यक्ष कोमल मल्लले नेपाली साहित्य विकाष परिषद यूके ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै वेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुहुदै नेपाली पहिचान युगयुग सम्म जिवन्त राख्न हाम्रो भाषा साहित्य संस्कृति जस्ता चिनारीहरू जोगाउदै लैजानु पर्ने औचित्य तर्फ प्रकाश पार्नु भयो

समारोहमा यसअघि वोल्नुहुदै परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्वअध्यक्ष सल्लाहकार तथा बि बि सि नेपाली सेवाका पूर्व संचालक खगेन्द्र नेपाली पूर्वअध्यक्ष सल्लाहकार हरि सिंह थापा ,पत्रकार महासंघ वेलायत शाखाका अध्यक्ष पत्रकार नरेश खापाङ्गी, परिषदका सहअध्यक्ष गोकुल भण्डारी, उपाध्यक्ष डा.सुधा श्रेष्ठ र ब्लाइण्ड रक फिल्मका निर्माता निकेस लिम्बु लगायतका वक्ताहरूले अत्यन्त अविकसित  इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन साहित्यको लहर चलाए त्यो आफैमा एक साहासिक कदम थियो र जसले  नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्न महत्वपूर्ण कडिको काम गर्यो भन्नु भयो । उहाँहरूले नेपाली कला, साहित्य संस्कृतिको संरक्षण सम्वर्धनमा महाहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीको अत्यन्त प्रेरणामुलक सकृयता रहेकोले समाजको तर्फबाट सम्मन कदर  गरिएको चर्चा गर्नु भयो ।
समारोहमा ब्लाइण्ड रक चलचित्रका तर्फबाट उक्त फिल्मका निर्माता निकेस लिम्बू र ज्ञानेन्द्र राउतद्वारा प्रमुख अतिथि महामहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीलाई उहाँको प्रेरणामुलक योगदानका लागि कदर धातुपत्रद्वारा सम्मान अर्पण गरिएको थियो ।
       यस अघि ब्लाइण्ड रक का एसोसिएट तथा नेपाली साहित्य विकाष परिषदका पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउतले राजदूत डा. दुर्गा बहादुर सुवेदीको व्यक्तित्व र योगदान बारे प्रकाश पार्नु भएको थियो ।
       आरम्भमा परिषदका पूर्वअध्यक्ष कवि हरि सिँह थापाद्वारा भानुभक्तिय रामायणका श्लोक वाचन र कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाद्वारा मंगल धुन वादनसंगै प्रमुख अतिथि तथा अतिथिहरूद्वारा आदिकवि भानुको तस्विरमा माल्यार्पण गरिएको थियो । साहित्य र संगितको समिश्रण रहेको उक्त समारोहमा वरिष्ठ कलाकार मदन थापाले आदिकवि भानुभक्तका सृजनाहरूलाई संगितवद्ध गरी ब्लुज गायन  रोचक ढङ्गले प्रस्तुत गरेका थिए भने कोसेली नेपाली सांस्कृक परिवारकी अध्यक्ष गायीका सर्मिला सिँहले सुमधुर गीतहरू गाउनु भएको थियो ।
           दोस्रो चरणको कविता वाचन कार्यक्रममा वेलायतका बिभिन्न भागहरूबाट आएका ११ जना कविहरूले आआफ्ना रचनाहरू वाचन गरेका थिए। यसरी वाचन गर्ने कवि कवयतृहरूमा कल्पना आङ्गबुहाङ, डा.संगिता श्रेष्ठ 'श्वेच्छा' , डा.सुधा श्रेष्ठ, मनोज अन्जान, गोकुल भण्डारी, मदन थापा, हरि सिँह थापा, खगेन्द्र नेपाली, कोमल मल्ल र सुरेश जंग शाह आदि थिए।
          परिषदका अध्यक्ष कोमल मल्लको सभापतित्व, सहअध्यक्ष गोकुल भण्डारीको स्वागत मन्तवय र उपाध्यक्ष तथा कार्यवाहक महासचिव डा.सुधा श्रेष्ठ र  ज्ञानेन्द्र राउतलको संचालनमा सम्पन्न भएको समारोहमा रमाइलो जलपान तथा धन्यवाद ज्ञापन गरिएको थियो।
     समारोहलाई सफल बनाउन आर्थिक भौतिक सहयोग पुराउनुहुनेहरूमा वरिष्ठ सल्लाहकार समाजसेवी डा. राघव प्रसाद धिताल,बलाइण्ड रक निर्माता निकास लिम्बू, एसोसिएट ज्ञानेन्द्र राउत , परिषदकी उपाध्यक्ष डा.सुघा श्रेष्ठ र सल्लाहाकार एवम् ए बि आइ कलेजका प्रोप्राइर डाइरेक्टर कृष्ण भट्ट हुनुहुन्थ्यो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?