Monday May 29, 2023

बसन्त चौधरीको कविता संग्रह ‘चाहतो के साये मे’ को विमोचन

६ असार, २०७५ शीतलपाटीन्युज डटकम । 2825



नयाँ दिल्ली । ख्यातिप्राप्त कवि एवं लेखक बसन्त चौधरीको पछिल्लो कविता संग्रह ‘चाहतो के साये मे’ नयाँ दिल्लीमा विमोचन गरिएको छ । बलिउडका बरिष्ठ गीतकार समीर ‘अन्जान’ ले गत शुक्रबार उक्त कविता संग्रहको विमोचन गरेका हुन् ।

गीतकार समीर संसारकै सबैभन्दा धेरै संख्यामा गीत लेखे वापत सन् २०१६ को गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल व्यक्ती हुन् । नयाँ दिल्लीस्थित होटल हयात रिजेन्सीको सभाहलमा उपस्थित भारतीय साहित्यका मुर्धन्य साहित्यकारहरूले कवि चौधरीको नयाँ पुस्तकको खुलेर प्रशंसा गरे ।

पछिल्लो एक वर्षको दौरानमा सार्वजनिक भएको चौधरीको यो दोस्रो पुस्तक हो । ‘चाहतो के साये मे’ लाई ख्यातिप्राप्त ‘बेनेट कोलम्यान एन्ड कम्पनी लिमिटेड’ अन्तर्गतको ‘टाइम्स ग्रुप बुक्स’ले प्रकाशन गरेको हो । २४२ पृष्ठको पुस्तकमा चौधरीले हिन्दी र उर्दु मिश्रित मिठासपूर्ण सरल भाषामा लेखेका कविता, गीत, गजल तथा नज्माहरूलाई समेटेका छन् ।

उक्त पुस्तकको साथमा चौधरीद्वारा लिखित विभिन्न सातवटा गीत समेटिएको सिडी पनि सार्वजनिक गरिएको थियो । ती गीतहरूमा बलिउडका चर्चित गायक÷गायिका सोनु निगम, श्रेया घोषाल, रुपकुमार राठोड र मोहित चौहानको स्वर रहेको छ ।

कार्यक्रमका दौरानमा केही गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा गीतकार समीरले कवि चौधरीको पुस्तक सरल र श्रोतामुखी रहेको बताए । 

 Source : Ratopati



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?