८ आश्विन, २०७५
शीतलपाटीन्युज डटकम।
प्लमस्टेड , लण्डन। गैरआवासीय नेपाली संघ युकेले आफ्नो कार्यकालको एक वर्ष पुरा हुदा अनलाइन सदस्यता वितरण अभियान प्रारम्भ गरेको छ ।
आइतबार लण्डनको प्लमस्टिड स्थित गोर्खा क्लबमा आयोजित पत्रकार सम्मेलनमा एनआरएन यूकेले आफ्नै वेबसाइटबाट अनलाइन सदस्यता वितरणको डिजीटल कार्य सुरु गरेको घोषणा गरेको छ। अनलाइन सदस्यता वितरण कार्यक्रमका संयोजक तथा एनआरएन यूकेका उप-महासचिव विनय अधिकारीले "एनआरएन युकेमा डिजीटल सीष्टम" संचालन अभियानको पहिलो चरणमा अनलाइन सदस्यता वितरण सुरु लागेको बताउनु भयकोछ।यो अभियान अन्तर्गत भविष्यमा क्रमिक रुपमा अनलाइन आवेदन, अनलाई भोटिंग हुंदै व्यवसायहरुको विज्ञापनका लागि अनलाइन प्लेटफर्म विकास गर्ने योजनाहरु समेत रहेको कुरा संयोजक अधिकारीले सुनाउनु भयको छ ।
सो अवसरमा संयोजक अधिकारीले पावरपोइन्ट प्रिजेन्टेसन मार्फत एनआरएन सदस्यताको औचित्य र महत्वबारे प्रष्टाउनु भयको थियो । उहाले अनलाइन सदस्यताका लागि फारम भर्ने विधि र प्रक्रियाबारे एक छुट्टै भिडियो प्रिजेन्टेसन समेत गर्नु भयको थियो।
कार्यक्रममा एनआरएन यूकेका प्रवक्ता रमेश सरांगकोटीले अनलाइन सदस्यता वितरण एक परिक्षणको रुपमा सुरुआत गरिएको भन्दै यसको मुल्यांकन पश्चात भविष्यमा थप फिचरहरु थप गरिने लक्ष्य राखिएको जनाउनु भएको थियो । अनलाइन व्यवस्थाको अभ्यासपछि विगतमा सदस्यताको फारम संकलन, परिचयपत्र वितरण लगायतमा देखिदै आएका समस्याहरु हट्ने विश्वास उहाले व्यक्त गर्नु भयो।
एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले अनलाइन द्वारा फर्म भर्न पाउने सदस्यता वितरणले उम्मेदवारहरुबाट आउने विकृति रोक्न र पारदर्शी सदस्य बन्ने परम्पराको बिकास भै बिकृतीको रुपमा देखिएको निर्वाचन र गलत सदस्यता वितरणको परम्परा तोडिने आशा व्यक्त गर्नु भयको छ। अव सरल र सहज प्रक्रियामा सस्तो शुल्कमा संस्थाको सदस्यता वितरण हुने भएकाले अनलाइन व्यवस्था प्रभावकारी हुने अध्यक्ष फगामीले विश्वास दिलाउनु भयको छ ।
एनआरएन यूके उपाध्यक्ष तथा सदस्यता वितरण विभागका संयोजक शेर बहादुर सुनारले अव सदस्यता १० हजार पुर्याउने लक्ष्य राखिएकोमा यो शुरु हुन लागेको अनलाइन व्यवस्थाले लक्ष्य भन्दा बढी सदस्यता सहज रुपमा बन्न सक्ने आशा व्यक्त गरे ।
कार्यक्रममा एनआरएन यूकेका निवर्तमान कार्यसमितिका कोषाध्यक्ष दिपक श्रेष्ठ, सचिव फडिन्द्र भट्टराई र प्रवक्ता खुशी लिम्बूले अनलाइन सदस्यता वितरणको कल्पना अघिल्ला कार्यसमितिहरुले पनि गरेको स्मरण गराउंदै अहिलेको कार्यसमितिले यसलाई मुर्त रुप दिएकोमा बधाई तथा सफलताको शुभेच्छा प्रकट गरे ।
कार्यक्रममा उपस्थित कान्तीपुर संवाददाता नविन पोखरेल, वीनेपालीका सम्पादक स्याम लुईटेल, नेपाली पत्रका सम्पादक ध्रुव राज अर्याल, दर्पण संसारका संजयभक्त कडेल, शीतलपाटीका सम्पादक बाचस्पति रेग्मी, नेपाली वेभका खेमराज रानाभाट, लण्डन नेपाल डटकमका प्रधान सम्पादक शीव भण्डारी र सम्बाददाता प्रकास कडेल, युके नेपाल लाईभका गणेस खड्का , कान्तीपुर टेलीभीजनका कुसल श्रेष्ठ, सेतोपाटीका फणीन्द्र भट्टराई लगायतका पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ अध्यक्ष फगामी, उपमहासचिव अधिकारी, प्रवक्ता सरांगकोटी र कोषाध्यक्ष सचिन श्रेष्ठले दिनु भयको थियो।
अनलाइन आवेदनको औपचारिक शुभारम्भ गरिए अनुसार अब एनआरएन यूकेको सदस्यता लिन चाहनेहरुले संस्थाको वेबसाइट www.nrnauk.org मार्फत अनलाइन फारम भर्न र शुल्क बापत १० पाउण्ड बुझाउन सक्नेछन् । त्यसक्रममा सदस्यताको लागि लाग्ने शुल्क क्रेडिट / डेबिट कार्ड वा पेपलबाट अनलाइनमै बुझाउन सकिने व्यवस्था मीलाईयको छ ।
अनलाइनमा सदस्यता फारम भर्दा सदस्यहरुको नाम, बेलायतमा बसोबास गर्ने तथा नेपालको स्थायी ठेगाना, पेशा, उमेर, लगायतका विभिन्न जानकारीहरु सहितको तथ्यांक संस्थासंग रहनेछ ।
यसरी अनलाइनमार्फत सदस्यता फारम भर्नेहरुको सदस्यता स्वीकृतिको प्रक्रिया पनि छिटो हुनेछ । यसपटक एनआरएन यूकेले आफ्नै वेबसाइटमा आवश्यक सफ्टवेयर विकास गरेर अनलाइन सदस्यता वितरणको व्यवस्था गरेको हो।एनआरएन यूकेलाई डिजिटल बनाउने क्रममा यो पहिलो चरणका लागि ५ हजार ४ सय पाउण्ड खर्चहुने जानकारी एनआरएन यूके अधिकारीहरुले दिनु भएको छ। साथै एनआरएन युके अध्यक्ष फगामीले सदस्यता सजीलो र सरल बनाइएकोले बेलायत युके बसेबास गर्ने सबैले लीयर आफ्नो युनीटी देखाउन अनुरोध समेत गर्नु भयको छ।