Sunday August 14, 2022

गरिब तथा जेहन्दार तमु  बिधार्थी सहयाेगार्थ - च्यारीटी डिनर कार्यक्रम  भब्य सफल

९ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम । 4089


गरिब तथा जेहन्दार तमु  बिधार्थी सहयाेगार्थ - च्यारीटी डिनर कार्यक्रम  भब्य सफल

शीतलपाटीन्युज डटकम।
मीचेट, लण्डन। प्रत्येक बर्ष झै यस बर्ष पनि २२ सेप्टेम्बर २०१८ सनिबार साँझ तमुधि भवन मिचेटमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालकाे सहयाेगार्थ च्यारीटी कार्यक्रमकाे अायाेजना गरीयो। "उच्च शीक्षा हाम्रो लक्ष्य" भन्ने हाम्रो नाराका साथ पबित्र उदेश्यले बि सं २०५८ मा पाेखरा नेपालमा स्थापित याे संस्थाले गरिब तथा जेहन्दार तमु बिधार्थीहरूकाे सहयाेगार्थ छात्राबृति स्थापना गरि करिब १३ जिल्लामा अाफ्नाे अभियान फैलाएकाे छ। स्वदेश तथा बिदेशमा अबस्थित  बिभिन्न संघ संस्था र मनका धनि ब्याक्ती बिसेशकाे सहयाेगमा याे अभियान तीब्र रूपमा अघि बढि रहेकाे छ। बिगत १५ बर्ष देखि तमुधि युकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरूङकाे अगुवाईमा तमुधि युकेलाई यस संस्थाकाे प्रमुख सहयाेगी दाताकाे रूपमा निकट भएर हातेमालो गर्दै अघाडी बढेकाे छ। तमु धि युकेका केही शीछ्याप्रेमीहरूबाट, पराेपकारी सस्था र ब्यक्तीगतदाताहरूबाट ७३जना गरिब तथा जेहन्दार बिधार्थीहरूले छात्रबृती पायर शीक्षा पाईरहेका छन्।

च्यारीटी कार्यक्रममा उल्लेखनीय रूपमा आफ्नो  गरिमामय उपस्थिति गर्नु हुने सबैलाई तमुधी युकेका अध्यछ्य ग्याम गुरूङले हार्दिक धन्यवाद ब्यक्त गर्नु भयको थियो । उपस्थीत सबैलाई शीक्षाकाे क्षेत्रमा पुर्‍याउनु भएकाे योगदान, सहयोगी मन र पराेपकारी सेवा प्रति तमुधि युके खुसी भयको कुरा ब्यक्त गर्दै हार्दिक धन्यवाद दिनु भयो । सो अवसरमा सहयोगी मनहरूलाई खाना पुगाेस,दिन पुगाेस भन्नु भयो । समाजमा मनका धनिहरू, मनकारी हातहरू धेरै हुनु हुन्छ। सबैले आत्मै देखी शीक्षाकाे दियाे बाल्नु भएकाे छ। याे शीछ्या भन्ने कुरा पनि गुम्बा मन्दिर बनाउनु जस्तै पबित्र पराेपकारी काम हाे।बेलायतमा क्यम्ब्रिज र अक्सफोर्ड युनिभर्सिटी तपाईं  हाम्रो छाेराछाेरीहरूले पढि रहदा लापा खादिङ जस्तो धेरै बिकट गाउ नेपालमा छन् , जहाँ नानीहरू उच्च  शीक्षाबाट बन्चित छन्। तपाईं हाम्रो सानो प्रयासबाट हिमालय सरस्वती प्रा.बि. खादिङकाे नयाँ भवन निर्माण गर्याै। शीक्षा दान जीवन दान  जस्तो महान काम हाे। याे अनन्त काल सम्मकाे सहयाेग हाे।

धेरै मनका धनिहरूकाे उपस्थितिले याे कार्यक्रम लाई ठुलाे टेवा पुगेकाे छ। अाउनुहाेस् हातमा हात, साथमा साथ काँधमा काँध गरेर शीक्षाकाे उज्यालोबाट बन्चित नानीहरूकाे उद्धारमा , उहाँहरूकाे जिवनमा केही परिबर्तन ल्याउन अाजैबाट हामी लागि पराै। शीक्षाकाे बिउ राेपाै भन्दै अध्यछ्य गुरूङले आब्हान गर्नु भयो । याे बर्ष दश जना बिधार्थीहरू स्पाेन्सर गर्न सफल  भएकाे कुरा पनि जानकारी गराउनु भयो । कार्यक्रम संयाेजक  सल्लाहकार हरि गुरूङ, परिकल्पनाकार संस्थापक अध्यक्ष मिन प्रसाद गुरूङ, सम्पूर्ण कार्य समिति सदस्यहरू, खानामा सहयाेग पुर्‍याउने सल्लाहकार सुर्य गुरूङ पुर्ब एनअारएन अध्यक्ष समेतलाई धन्यबाद दिनु भयो। साथै भिम गुरूङ गाेरखा किचेन र मेसिङ पकाउन मदत पुर्‍याउने श्री गुरूङ, भाेज गुरूङ, तारा गुरूङ,टेक गुरूङ, चटनी सेलराेटी बनाउने अामा समुह, मनाेरन्जनमा सपन राई, गजल गायीका रूबि गौली, कुमार गुरूङ, कृष्ण गुरूङ र राेहित गुरूङ, ब्यबस्थापक दिपक गुरूङ र जुमकाजि गुरूङ, सर्टिफिकेट र टिकट प्रिन्ट सबिन्द्र कुमार गुरूङ र पुर्ण गुरूङ , फाेटाे पत्रकार गाेरखा मिडियका मिलन तमु , सम्पुर्ण दाताहरू र उपस्थित सम्पूर्णलाई अध्यछ्य गुरूङले हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो। भिडियाे शुभकामना सन्देश दिनु भई उच्च मनाेबल दिनु हुने तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अादारणिय अध्यक्ष चिजकाजी गुरूङलाई हार्दिक धन्यवाद टक्याउनु भयो । सम्पुर्ण रेकर्डिङ र सामाग्री उपलब्ध गराउनु हुने प्रतिष्ठान सेक्रेटरी अादरणिय जेन तमुलाई पनि सो अवसरमा धन्यवाद दिनु भयो। महान अभियानमा निस्वार्थ भावनाले लाग्नु भएका सामाजिक अभियन्ता तपाईं  तमु साँस्कृतिक प्रतिष्ठानका सम्पूर्ण कार्यसमिति ,सल्लाहकारहरू प्रति अाभार धन्यवाद ब्यक्त गर्नु भयको थियो। सो अवसरमा उपस्थित दाताहरूलाई प्रमाणपत्र र खादाले सम्मान गरिएकाे थियाे।

कार्यक्रमकाे सुरूमा नेपाली मेलामा  अतिथीको रूपमा पाल्नु भयकी तमुधिका अतिथि तमुमै ताँ  का प्रश्ताेता पुनम गुरूङलाई संस्थाकाे तर्फबाट बिदाई गरिएकाे थियाे । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?