Monday May 29, 2023

‘चारदाम’को मञ्चनसँगै सकियो सेलो नाट्य महोत्सव

६ असार, २०७५ शीतलपाटीन्युज डटकम । 1992



काठमाडौं–तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि केही पहिले लेखिएको नाटक चारदामको परिमार्जित संस्करण मञ्चन गर्दै सोमबार सेलो नाट्य महोत्सव–२०७५ को बिट मारिएको छ ।  बिगत तीन दिनदेखि जारी महोत्सवमा दुई लोक, एक कविता र दुई आधुनिक गरी पा“चवटा नाटक मञ्चन भए । नाटकमा संस्कृृतिलाई केन्द्रमा राखी सहरी र ग्रामीण समाजबीच भएको सांस्कृतिक अन्तरद्वन्द्व समेटिएको थियो ।

संस्कृति संरक्षण गर्नुपर्छ र पर्दैन भन्ने दुई विपरीत धारणालाई बेहुला र बेहुली पक्षको रूपमा प्रतिकात्मक प्रस्तुति गरिएको नाटकले मौलिक ज्ञान र सांस्कृतिक पहिचानको पक्षमा वकालत गथ्र्यो । आधुनिक सञ्चारका कारण नेपाली समाजमा प्रभाव जमाउ“दै गरेको हिन्दी गीतको संस्कृतिप्रति पनि नाटकले व्यंग्य गरेको थियो ।

‘२०४६ सालमा पहिलोपटक मञ्चन गरिएको यो नाटक अहिले परिमार्जनसहित नया“ अवतारमा देख्न पाउ“दा खुसी लाग्यो,’ भाषाविद् योञ्जनले भने । निशा पाख्रिन र सन्तोष तामाङ ‘बोन्बो’ ले निर्देशन गरेको नाटकमा चा“दनी लामा, फूलकुमार बमजन, सुसन लामा, शान्ति वाइबा, सोनाम लामा मोक्तान, निशा, निकिता वाइबा, सन्तोष, विजय टुबा, मनोज तामाङ, सञ्जीव राई, देविन चौधरी, सुनील तामाङ, साजन लामा, विजय टुबालगायतको अभिनय थियो ।
 
त्यस्तै, अन्तिम दिन रोशन फ्युबाले संयोजन गरेको लोक नाटक ‘ल्हालिमो’ पनि देखाइयो । गणेश हिमाल आसपासको तामाङ समाजमा प्रचलित यो लोक नाटकमा पुरानो पुस्ताको प्रेमकथा र प्रेम गर्ने शैली देखाइएको थियो । लामा साक्षी राखेर गीत गाउ“दै फिनी (काइ“यो) र फोस्र्यो (हातेबुना झोला) उपहार साटासाट गर्दै 
आफ्नो जीवनसाथी रोज्ने चलन नौलो र रोचक लाग्थ्यो । 

नाटकका संयोजक फ्युबाका अनुसार ‘लोक नाटकको रूपमा गणेश हिमाल आसपास यो संस्कृति अझै जिउ“दै छ ।’ ल्हाप्साङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको नाटकमा रोशनस“गै मनोज लोप्चन, सिंगबहादुर तामाङ, प्रकाश तामाङ, सन्देश तामाङ, सुभ सन्तोश तामाङ, विकल तामाङ, मुस्कान तामाङ, डिम्पल तामाङ, रेशा तामाङ र विनिता तामाङले अभिनय गरेका थिए । महोत्सवको समापन समारोहमा कानुनमन्त्री शेरबहादुर तामाङले मुलुकभित्र रहेका हरेक जातजातिको मौलिकता संरक्षण र प्रवद्र्धन हुन सके समग्र नेपाली संस्कृतिको ढुकुटी भरिभराउ हुने बताए ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेसनले गरेको महोत्सवमा मौलिक खाना,ताम्बा संस्कृति, भेषभूषा र पुस्तक प्रदर्शनीसमेत गरिएको थियो । प्रतिष्ठानका कुलपति सरुभक्तले मुलुकमै यति सघन सांस्कृतिक मौलिकतासहित पहिलो पटक महोत्सव हुन सकेको दाबी गरे । 

पहिलोपटक सेलो नाट्य महोत्सव गरेको र यसलाई हरेक बर्ष निरन्तरता दिने प्रयास गर्ने आयोजक सेलो फाउन्डेशनका अध्यक्ष जगत तामाङले बताए ।
Source: Ratopati



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?