Friday January 24, 2020

नेपालले चीनलाई हरायो

१० आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 1591


नेपालले चीनलाई हरायो

शीतलपाटीन्युज डटकम, काठमाडौ ।

भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि ९यू–१८० स्कुल च्याम्पियनसीपमा नेपालले चीनलाई पराजित गरेको छ ।भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

नेपालको जितमा टीका गुरुङले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल थपे । खेल सुरुवातीको सातौँ मिनेटमा टीकाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३२ औँ मिनेटमा चीनका खेलाडीले एक गोल गर्दै एक÷एक गोलको बराबरीमा ल्याए ।

त्यसैगरी खेलको ७० औं मिनेटमा नेपालका लागि दिनेशले एक गोल थपे भने उनले गोल गरेको चार मिनेट बित्न नपाउदै टीकाले एक गोल थपे । नेपालले समूह चरणको अन्तिम खेल भोलि बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?