Sunday November 27, 2022

साहारा युकेद्वारा एन्फा अध्यक्ष कर्मा छिरीड्ग सेर्पा र उपाध्यक्षहरु सम्मानीत

११ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम। 16098


साहारा युकेद्वारा एन्फा अध्यक्ष कर्मा छिरीड्ग सेर्पा र उपाध्यक्षहरु सम्मानीत

शीतलपाटीन्युज डटकम।
हालै नेपालबाट बेलायत बिश्व कप फुटवलको बैठकमा सम्मीलीत हुन आईपुगेको नेपालको एन्फा टोली (ANFA Team ) अध्यक्ष कर्मा छिरीड्ग शेर्पा, बरीष्ठ उपाध्यक्ष कृष्ण बहादुर थापा र उपाध्यक्ष उपेन्द्रजंग सीहलाई सहारा युकेले स्वागत र सम्मान गर्यो । साहारा युकेका अध्यक्ष मीन गुरुड्गको अध्यक्षतामा भयको सो स्वागत र सम्मान कार्यक्रम महासचीव कृष्ण गुरुड्गले संचालन गर्नु भयको थियो ।

टोकन अफ लभ र खादा लगायर स्वागत गरीयको सो कार्यक्रममा तुमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्ग, अल्डरसट टाउन फुटवल क्लवका बोर्ड अफ डाइरेक्टर एवम साहारा युके रीप्रजेन्टेटीभ फर अल्डरसट टाउन फुटवल क्लव मेजर री. डमर घले, साहारा पोखरा आजीवन सदस्य एवम सल्लाकार लोक गुरुड्ग, सल्लाहाकार  एवम वेभ सेक्रेटरी रामचन्द्र गुरुड्ग, साहारा उपाध्यक्ष कुमार गुरुड्ग, बगरभाइ खलक युके अध्यक्ष एवम सल्लाहाकार चन्द्रमान गुरुड्ग,फेक्सटन समाज युकेका अध्यक्ष नारायण गुरुड्ग, चारभन्ज्याड्ग तमु समाज युकेका अध्यक्ष मेजर रीटायरड कृष्ण गुरुड्ग लगायत साहारा युके सल्लाकारज्युहरु, साहारा मीडीया सेक्रेटरी बाचस्पति रेग्मी, क्यामरामेन मीलन तमु गुरुड्ग, पत्रकार महासंघ युकेका सचीव पुर्ण गुरुड्ग समेतको उपस्थीती थियो ।

सो अवसरमा ५०० फुटवल एन्फा अध्यक्ष कर्मा छिरीड्ग शेर्पालाई साहारा अध्यक्ष मीन गुरुड्गले हस्तान्तरण गर्दै साना क्लव र स्कुलहरुलाई शीक्षा र खेलमा सहयोग गर्दै आईरहेकोमा एन्फालाई पनि सहयोग गर्न पाउदा खुसी ब्यक्त गर्दै एन्फासंग मीलेर नेपालको फुटवल खेलको बिकासमा सहयोग गर्न साहारा तयार रहेको कुरा ब्यक्त गर्नु भयो ।त्यस्तै एन्फा अध्यक्ष शेर्पाले पनि नेपालको फुटवल खेलको बिकासमा साहारा जस्तो क्लवले गरेको प्रगतीको सर्हाना गर्दै नेपालको फुटवलको बिकासमा एन्फालाई साहारा क्लवको सहयोग सधै जरुरी पर्ने भन्दै ५०० फुटवल पाएकोमा धन्यवाद दिनु भयो।
साथै अल्डरसट टाउन फुटवल क्लवका अध्यक्ष साइद एजीजको निमन्त्रणामा अल्डरसटस्थीत क्लवको भवनमा भेटघाट समेत भयो ।

क्लवका अध्यक्ष अजीज, साहारा युके अध्यक्ष मीन गुरुड्ग, एन्फा अध्यक्ष कर्मा छिरीड्ग शेर्पा, बरीष्ठ उपाध्यक्ष कृष्ण बहादुर थापा र उपाध्यक्ष उपेन्द्रजंग सीहलाई अल्डरसट टाउन फुटवल क्लवका बोर्ड अफ डाइरेक्टर एवम साहारा युके रीप्रजेन्टेटीभ फर अल्डरसट टाउन फुटवल क्लव मेजर रीटायर्ड डमर घले,महासचीव कृष्ण गुरुड्ग, सल्लाहाकार रामचन्द्र गुरुड्ग , मीडीया सेक्रेटरी बाचस्पति रेग्मी समेतको उपस्थीतीमा मीटीड्ग भयको थियो। फुटवल खेलका क्षेत्रमा दुवै पक्ष बिच तालिम र ज्ञानको अनुभव साटासाट गर्ने छलफल भयो । अल्डरसट टाउन फुटवल क्लवका अध्यक्ष  अजीजले नेपाली फुटवल खेलाडीलाई फुटवल सम्बन्धी तालीम र अन्य आर्थीक सहयोगका लागी सधै तयार रहेको जनाउदै क्लवबाट नेपालमा आहा रारा फुटवल खेल्न पठाएको अनुभव समेत सुनाएका थिए।साहारा युके समेतको शेयर रहेको अल्डरसट टाउन फुटवल क्लवमा सो दिन अल्डरसट टाउन र मेडीस्टोन युनाईटेड बीच खेल पनि प्रदर्सन गरीयको थियो। नेपाली फुटवलका अध्यक्ष लगायतको यो भेटघाटले बेलायत र नेपालको फुटवल खेल क्षेत्रको बिकासमा कोशे ढुड्गा हुने आसा गरीयको छ।

Aldershot Town Football Club का मेनेजर साहिद अजीद बीच मीटीड्गको एक झल:



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?