Sunday April 02, 2023

उपाध्यक्ष पुनम गुरुड्ग संयोजक रहेको एनआरएन युकेको ५औ काउन्सील बैठक भब्य सम्पन्न

१४ आश्विन, २०७५ बाचस्पति रेग्मी 4906


उपाध्यक्ष पुनम गुरुड्ग संयोजक रहेको एनआरएन युकेको ५औ काउन्सील बैठक भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

अल्डरसट, बेलायत।गैरआवासीय नेपाली सँघ युकेको ५औ  काउन्सिल बैठक २०१८ एम्पायरहल अल्डरसट लण्डनमा सम्पन्न भयको छ। प्रमुख अतिथी बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी रहेको सो कार्यक्रमको एनआरएन युके अध्यक्ष योग बहादुर फगामीले गर्नु भयको थियो । एनआरएन युकेको उपाध्यक्ष एवम काउन्सील मीटीड्गको संयोजक पुनम गुरुड्गको संयोजनमा सो मीटीड्ग भब्य भयको थियो । महासचीव राज कुमार त्रिपाठीले संचालन गर्नु भयको सो मीटीड्गले ११ बुदे घोषणापत्र जारी गरेको थियो।

सो अवसरमा सम्बोधन गर्नु हुदै  बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीले एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी र कार्यसमीतीको काम ज्यादै सर्हानीय भयको मुक्तकण्ठले प्रशंसा गर्नु भयको थियो। साहित्यका क्षेत्रमा, अपाड्गका क्षेत्रमा, प्रतिभा नक्षत्रमा, बक्सीड्गका क्षेत्रमा , बोडी बिल्डायीड्ग क्षेत्र र नेपालमा सहयोगका क्षेत्रमा असीम सेवा गर्नेहरुलाई धन्यवाद दिनु भयको थियो ।

एनआरएन युकेले बेलायतस्थीत राम्रो योगदान पुर्याउने संघसंस्था प्रमुखहरुलाई सम्मान गरेको थियो।सम्मानीत हुनेहरुमा बिजीडब्लुएसका प्रमुख टिकेन्द्र देवान, ग्रेटर रसमोर नेपाली कम्युनीटीका अध्यक्ष जीब बेलबासे, शीव कल्चर एवम कम्युनीटी सेन्टरका अध्यक्ष रोहित गुरुड्ग, नेपाली साहित्य बिकास परिषदका सल्लाहाकार ध्रुव केसी, तमुधी युकेका अध्यण ज्ञाम गुरुड्ग, साहारा युकेका अध्यक्ष मीन गुरुड्ग, , तमु पे ल्हु संघका  अध्यछ्य री मे खुसीमान गुरूङ एमभीयो  तमु समाज युकेका अध्यक्ष शीव चन्द्र गुरुड्ग, रोसल ग्रीनविच नेपाली समाजका अध्यक्ष हरी गोविन्द गुरुड्ग, प्रतिभा नक्षत्रकी अध्यक्ष सीम्मी पुन, मीसेस युके नेपालकी संयोजक मनीषा डंगोल, मीस युके नेपालकी संयोजक शान्ती गुरुड, युके नेपाल बोडी बिल्डायीड्ग एण्ड फिटनेसका अध्यक्ष सुक गुरुड्ग, बोडी बिलिडीड्ग खेलाडी बिसन गुरुड्ग समेतलाई "टोकन अफ लभ"दिई खादा लगायर उहाहरुको योगदानको कदर गरीयको थियो ।

कार्यक्रममा एनआरएन उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले   बोल्दै गैरआवासीय नेपालीहरुलाई कुनै पनि हालतमा नेपाली नागरिकता दिलाई छाड्ने प्रतिबद्धता जनाउनु भएको थियो। एनआरएनको तर्फबाट नागरिकता दिलाउनको लागि गर्नुपर्ने प्रयास भइरहेको बताउँदै उपाध्यक्षद्धय पन्त र आचार्यले त्यसलाई सार्थक परिणाममा  पु-याएरै छाड्ने घोषणा गर्नुभएको हो । ‘एनआरएनको प्रयास जारी छ, हामीबाट गर्नुपर्ने काम वा प्रयासमा कुनै कमी देखिएको छ भने भन्नुस हामी तपाईहरुको सुझावलाई पनि समेटेर अझ अगाडि बढ्छौ’, उपाध्यक्षद्धयको भनाइ थियो ।

एनआरएनए यूकेको पाचौ काउन्सिल बैठकमा जर्मनीबाट यूकेमा विशेष अतिथिका रुपमा सहभागि उपाध्यक्ष पन्तले भन्नुभयो, ‘एनआरएनको तर्फबाट गर्नुपर्ने सक्दो प्रयास जारी रहेको अवस्थामा अमेरिका र यूकेका साथीहरुले झनै सरकार, सांसद र राजनीतिक दलका नेताहरुलाई दिनुभएको दबावले सकारात्मक भयको कुरा पनि बताउनु भयको छ। एनआरएनले नेपालमा गरेको सहयोग र बिज्ञ सम्मेलन मार्फत प्रयोग गरीने ज्ञान,सीप र प्रविधीकोको ट्रान्सफर गर्न विश्व विज्ञ सम्मेलन आयोजना गर्न लागेको बताउँदै सो सम्मेलनले नेपालको आर्थिक सम्मृद्धिमा थप टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । सम्मेलनको मुख्य उद्देश्य विदेशी ज्ञान, सिप र प्रविधिलाई नेपाल सुहाउँदो हस्तान्तरण भएको उहाँले बताउनुभयो ।

त्यस्तै, उपाध्यक्ष पन्तले एनआरएनले सञ्चालन गरिरहेका मेगा प्रोजेक्टहरु आगामी अक्टोवर ११ मा हस्तान्तरणको तयारी भइरहेको पनि जानकारी गराउनुभयो । 

उहाँले एनआरएनको भवनपनि सोही दिन सार्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।एनआरएन भवन,शंख्खमुल पार्क र लाप्राक प्रोजेक्टको निर्माण कार्य पनि द्रुत गतिमा भइरहेकाले छिट्टै हस्तान्तरण हुने बताउनुभयो।

काउन्सील मीटीड्ग हुदै गर्दा शुरुका कार्यक्रमहरु महासचीव राज कुमार त्रीपाठीले संचालन गर्नु भयको थियो भने काउन्सील मीटीड्को दोस्रो भागमा काउन्सील मीटीड्गको उपसमीतीको सचीव रोहित गुरुड्गले र संघसस्थाहरुको रीप्रीजेन्टमा ग्रेटर रसमोर नेपाली कम्युनीटीका अध्यक्ष जीव बेलबासेको अध्यछ्यतामा बिभीन्न समुहमा छलफल गरी समय सापेछ्य एनआरएनहरू बेलायती सरकारसम्म  पुगेर आफ्ना समस्या भन्न सक्ने नेटवर्क तयार गर्नु पर्ने सुझाव दिनु भयको थियो।  उहाले संघसंस्थाका पारमुख सबैसंग समन्वय गरी कार्यक्रम सम्पन्न गर्नु भयको थियो । संयोजक पुनम गुरुड्को योजना अनुसार यस बर्षको आयोजीत एनआरएन युकेको ५औ काउन्सील मीटीड्गमा प्रमुख संरछ्यक मे री डमर घले, संरछ्यकहरू सुर्य गुरूङ, योगेन छत्री, उपाध्यछहरू प्रेम गाहा, सेर बहादुर सुनार, सुसीला राई,  विभाग प्रमुखहरू,सल्लाहाकारहरू, कार्यसमीती पदाधीकारीहरू, साहित्यकारहरू,  आमा दिदीबहीनीहरू, खेलाङीहरू, युवाहरू, नेपाली नौमती बाजा , एन आर एन अभीयन्ता समेत ३०० को उपस्थीती रहेको र लण्डनस्थीत सबै पत्रकारहरुको उपस्थीत रही उदाहरणी रुपमा सम्पन्न भयो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?