२८ असार, २०७५
शीतलपाटीन्युज डटकम।
हेरो लण्डन । नारी सौन्दर्यको प्रतिक हो भने प्रतिभाको खानी हो । यो भनाईलाई लण्डन फेसन हाउसले गर्दै आएको मीसेस नेपाल युकेका सुन्दर नारीहरुले प्रमाणीत गरेका छन् । नारीहरुले मौका मीलेमा देशमा होस वा बिदेसमा आफ्नो प्रतिभा देखाउन, समाजमा कल्याणकारी काम गर्न अलीकती पनि पर्दैनन् ।
मीसेस नेपाल युके २०१७ को बिजेता आस्था जोशी लगायत मंजु शाह , पुनम गुरुड्ग, शर्मीला पछाई, अंजु श्रेष्ठ, प्रिमा भट्टराई,अम्रीता गजुरेल र गीता बस्नेतले बिभीन्न कार्यक्रममा गरेको नृत्य र गायनले सबैको वाह वाह बटुलेको छ। च्यारीटी प्रोग्रामबाट १० लाख उठायर मष्तिस्क पक्षाघात भयका बालबालीकाहरुलाइ सहयोग गरेर सबैको मन जीत्न सफल भयका छन। त्यस्तैगरी १५ जुलाई २०१८ आइतवार डेन्टल ओरल हाइजीन वर्कसप गर्ने पुरा तयारी भै सकेको जानकारी मीसेस नेपाल युकेकी प्रेसीडेन्ट मनीषा डंगोल श्रेष्ठबाट जानकारी प्राप्त भयको छ।उक्त वर्कसप मीसेस नेपाल युके बेष्ट सेफ २०१७ की बिजयी डेन्टल सर्जन मंजु शाहले दिने छीन । आफ्नो १० बर्ष भन्दा बढीको अनुभव आफ्नो नेपाली परीवारहरुमा सेयर गर्न पाउदा धेरै खुसी लागेको मंजु बताउछिन। ओरल डेन्टल धेरै महत्वपुर्ण कुरा हो हाम्रो दैनिक जीवनमा। कति कुराहरु हामीलाई थाहा भयको हुदैन त्यसैले हाम्रो दात गीजाको समस्या हुने गर्दछ ।यो वर्कसपमा यी सबै कुराहरुको जानकारी दिने, जस्ले सबैलाई धेरै फाइदा जनक हुने बिश्वस्थ हुनुहोस भन्दै मंजु अरु थप्नुहुन्छ । सबैलाई यो ओरल हेल्थ वर्वसपमा भाग लिई फाइदा लिन अनुरोध समेत गरीएको छ ।
प्रोग्राम:- Mrs Nepal UK Oral Dental Work Shop
Date- 15th July Sunday
Time-11am
Venue - Chautari , South Harrow