१६ आश्विन, २०७५
शीतलपाटीन्युज डटकम।
काठमाडौं ।प्रहरी प्रधान कार्यालय नक्सालले झण्डै आठ हजार प्रहरीका लागि दरखास्त आव्हान गरेको छ। प्रहरी प्रधान कार्यालय मानश्रोत विभाग भर्ना छनौट महाशाखाले प्रहरी निरीक्षक १०८ जना सहायक निरीक्षक ५२४ जना र जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आव्हान गरेको छ। त्यस्तै भान्सेका लागि ३२० जना, हजाम १५ जना, सिलाई बुनाई सम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जना र खेलाडी ३० जनाको दरखास्त आव्हान गरेको छ।
प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका साथै सातै प्रदेशका प्रहरी प्रमुख कार्यालयबाट दरखास्त दिन सकिने छ।
त्यस्तै जवानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट पनि दरखास्त दिन सकिने छ। दरखास्त दिन असोज अठार गते देखि कार्तिक २९ गते सम्मको समय तोकिएको छ।