Friday October 02, 2020

राप्रपाले : ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा राख्ने

२८ असार, २०७५ शीतलपाटीन्युज डटकम। २८ असार २०७५। 1405



शीतलपाटीन्युज डटकम।

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद राजेन्द्र लिङदेनले ३३ अर्ब रुपैयाँ भन्दा बढी सम्पत्ती स्वीस बैंकमा नेपालीको खातामा जम्मा भएको भन्दै त्यो सम्पत्ति कसको हो छानविन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले यस्तो माग गरेका हुन् ।

बैठकमा बोल्दै उनले भने– ‘हामी केटाकेटी भएको बेला गाउँघरतिर सुन्थ्यौं, यो देशको सारा सम्पत्ति राजारानीले स्विटजरल्याण्ड लगेर स्विस बैंकमा राखेनको छ, त्यो सम्पत्ति ल्याएर नेपालमा बाँड्यो भने प्रत्येक व्यक्तिलाई ४/४ तोला सुन लगाउन पुग्छ । तर, अहिले नेपालमा राजसंस्था विधिवत् रुपमा अन्त्य भइसकेको छ । राज संस्था अन्त्यभए यता सन् २००८ देखि २००१७ सम्ममा ३३ अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति स्वीस बैंकमा जम्मा भएछ । को हुन् स्वीस बैंकमा अहिले सम्पत्ति जम्मा गर्ने नयाँ राजारानी चिन्न पाइयोस् ।’

उनले संसदीय सुनुवाई समितिमा सबै दलको प्रतिनिधित्व नभएको भन्दै आपत्ति समेत जनाए ।

(डेलीनेपाल)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?