Friday January 24, 2020

यूकेएनएफबिएफ २०१८ च्याम्पियन हिमाल भुजेल अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्दै

१८ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम । 2016


यूकेएनएफबिएफ २०१८ च्याम्पियन हिमाल भुजेल अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्दै

शीतलपाटीन्युज डटकम।
लण्डन । यूके नेपाल फेडेरेसन अफ बडिबिल्डिंग एण्ड फिटनेस (युकेएनएफबिएफ) ले आयोजना गरेको  युकेएनएफबिएफ च्याम्पीयन २०१८  प्रतियोगिताका विजेता  च्याम्पीयन हिमाल भुजेलले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने भएका छन् । यहि ६ र ७ अक्टोबर २०१८ मा बेलायतको कोभेन्ट्रीमा हुने ओल्मपीया एमेच्योर  ( olympia amateur)  युकेमा भुजेलले प्रतिष्पर्दा गर्ने भएका छन्।

यो प्रतियोगितामा विश्वभरका नाम चलेका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका लागि भुजेल अहिले तालीम र तयारीमा व्यस्त छन् । यो प्रतियोगीतामा राम्रो परिणाम ल्याउन उचित व्यवस्थापनका लागि  यूकेएनएफबिएफका अध्यक्ष सुक गुरुङ लागि रहनु भयको कुरा अध्यछ्य गुरूङले बताउनु भयकोछ। यूकेएनएफबिएफका अन्तराष्ट्रिय प्रबर्धक किशोर गुरुङले हिमाल भुजेल जस्ता उदाइ रहेका नेपाली ताराहरूका कारण नेपाली खेलाडीहरु एक दिन विश्वमा चम्किने दाबी गर्दै  त्यसको आधार तयार पार्न कोशिस गरिरहेको बताउनु भयको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?